आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

तर सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिदैछ । नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

नागरिकस्तरबाट राजधानीको शान्तिवाटिकावाट बृहत र्‍यालीको समेत आयोजना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 652 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी