विद्वान् चाल्र्स रंगेलले शिक्षा मानिसको अज्ञानता र गरिबीसँग लड्ने माध्यम हो भन्ने धारणा राखेका छन् । हाम्रो समाजमा अज्ञानताका कारण कतिपय रूढिवादी परम्परा एवं अन्धविश्वास प्रचलनमा छन् । समाजमा शैक्षिक चेतनाको अभाव भएकाले जातीय, लिङ्गीय, धार्मिक तथा सांस्कृतिकलगायतका विभेदहरू हट्न सकेका छैनन् । छाउपडी प्रथा, घुम्टो प्रथा, देउकी प्रथा, धामी, झाँक्री, बोक्सी, दाइजालगायतका चालचलनले समाज निर्देशित छ । चाल्र्स रगेलले भनेजस्तो उल्लिखित समाजको अज्ञानताबाट अभ्यासमा आएका चालचलनलाई सम्पादन, शंसोधन, परिमार्जन वा परिवर्तन गर्न शिक्षाको जरुरी हुन्छ । समाजमा शैक्षिक चेतनाको स्तर जति उच्च हुँदै जान्छ, त्यति नै समाजका अन्धविश्वासरूपी चालचलनमा संशोधन हुँदै जानेमा दुईमत छैन ।
हरेक व्यक्ति वा समुदाय उसको समाजको सांस्कृतिक प्रतिनिधि हो । समाजमा उत्पन्न भएका चालचलन, मूल्य, मान्यता, रहनसहन, आचरण एवं सामाजिक व्यवहारहरू एक पुस्ताबाट अर्कोपुस्तामा हस्तान्तरण हुँदै जान्छन् । ज्ञान एवं व्यवहार हस्तान्तरणको विधि र ढंगमा पनि समाजको शैक्षिक चेतनाको स्तरले काम गरेको हुन्छ । शिक्षाले प्रचलनमा रहेका सांस्कृतिक अभ्यासलाई पहिचान गरी यसको संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यमा तर्क र तथ्यका आधारमा काम गर्दछ । हरेक धार्मिक सम्प्रदायहरूमा धर्मले निर्देशित गरेका चलनलाई पुस्तान्तरण गर्दा धर्मशास्त्रका ज्ञान, विज्ञान र निर्देशनहरूलाई सही अर्थमा शास्त्रार्थ गर्ने र हस्तान्तरण गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ ।
देशका विभिन्न क्षेत्रहरूमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । ब्राह्माण्डमा रहेका पदार्थहरूको खोज, अनुसन्धान, उत्खनन र प्रयोग गर्न शिक्षाको नै आवश्यकता पर्दछ । साधारण, व्यावसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादन गरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पु¥याउने काममा शिक्षाको कार्य महत्वपूर्ण मानिन्छ । आर्थिक समृद्घिको कुरा गर्दा व्यक्तिले कुनै पनि पेसा वा व्यवसायलाई समयसापेक्ष बनाउने, आयआर्जनका बाटाहरू पहिचान गर्ने र कार्यान्वयन गर्नमा शिक्षाबाट अर्जित ज्ञान र सीपको उपयोग गरेको हुन्छ । प्रसिद्घ दार्शनिक एरिस्टोटलले शिक्षालाई व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार हो भनेका छन् । यसरी हेर्दा कुनै पनि कार्यलाई उन्नत, प्रविधिमैत्री एवं आधुनिकीकरण गर्नेक्रममा पुरानो ढाँचालाई बदलेर वा सम्पादन गरेर आधुनिक तौरतरिकाको विधिलाई अवलम्बन गर्न शिक्षाले सहयोग गर्दछ ।
शिक्षाले प्रचलनमा रहेका सांस्कृतिक अभ्यासलाई पहिचान गरी यसको संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यमा तर्क र तथ्यका आधारमा काम गर्दछ
आजको २१औं शताब्दीमा विकसित देशहरूले विज्ञान र प्रविधिको क्षेत्रमा अकल्पनीय विकास गरेका छन् । विज्ञान र प्रविधिको विकासले आज विश्व एउटा गाउँजस्तै भएको छ । वायुयान, अन्तरिक्षयान, परमाणु ऊर्जाजस्ता चामत्कारिक आविष्कारहरूको जननी पनि अनुसन्धानमूलक शिक्षा हो । वैज्ञानिक शिक्षाकै सहायताले मानिसले यन्त्रमानवको आविष्कार गरी हरेक काममा लगाएका छन् । यसैगरी, शिक्षाकै उपजको रूपमा कम्प्युटरको आविष्कार भयो । कम्प्युटर र इन्टरनेटभित्रका सञ्जालले मानिसको जीवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । शिक्षाको आलोकमा विकसित भएको मानव मस्तिष्क र अनुसन्धानबाट प्राप्त उपलब्धिले मानव सभ्यतालाई नै परिवर्तन गरी दिएको छ । चिन्तनलाई बदलेको छ । जीवनशैलीमा परिवर्तन ल्याएको छ ।
बुद्घले मन नै सबथोक हो, हामी जे सोच्छांै, त्यही हुन्छौं भनेझैं मानिसको मनलाई परिष्कृत बनाउने माध्यम शिक्षा हो । ज्ञान हो । मनका साँघुरा तथा अवैज्ञानिक विचारलाई फराकिलो एवं वैज्ञानिक बनाउनको लागि तर्कमा आधारित वैज्ञानिक शिक्षाको खाँचो हुन्छ । अध्यात्मभित्र लुकेको विज्ञानलाई मही मथेर नौनी निकाले झैं निचोडमा पु¥याउनका लागि शिक्षाको आलोक जरुरी हुन्छ । यही आलोकभित्र सत्य, तथ्यको खोजी गर्दा मानिसमा चेतनाको सम्पादन स्वतःस्फूर्त रूपमा हुन्छ । तसर्थ शिक्षाले मनका तृष्णा, लोभ, लालच, भोग, विलासका साथै अज्ञानताको अँध्यारोलाई हटाउन मद्दत गर्दछ । सत्य, तथ्यका आधारमा शास्त्रको शास्तार्थ गर्नसक्ने क्षमताको विकास गर्दछ । कुनै पनि ज्ञानको शास्त्रार्थबाट नै विचारहरू सम्पादित हुन्छन् । सोचाइहरू बदलिन्छन् । दृष्किोणहरू फेरिन्छन् । मानिसको मन मस्तिष्कको परिवर्तनले नै व्यक्ति, समाज र सिंगो मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रलाई प्रभाव पार्दछ । त्यसैले, शिक्षा व्यक्ति एवं समाजको सम्पादक हो । नचाहिने कुरा हटाउने चाहिने कुरा स्थिापित गर्ने ।
शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुने भएकोले उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणतगर्ने काम घर, परिवार समुदाय, विद्यालयलगायतका निकायहरूको हो भनेझैं व्यक्तिलाई समयसापेक्ष बनाउन औपचारिक, अनौपचारिक वा अनियमित शिक्षाको आवश्यकता हुन्छ । दार्शनिक रुसोले शिक्षालाई बानी, व्यवहार एवं आचरण निर्माणको माध्यम हो भन्नुको अर्थ व्यक्तिको चिन्तन, विश्वास, शील, स्वभाव र सोचमा परिवर्तन गर्नु हो भन्ने बुभ्mनुपर्दछ । हरेक व्यक्ति सत्य मेव जायतेको बाटोमा अग्रसर हुने होभने सत्यको पुजारी बन्न सक्दछ । सत्यताभित्र अहिंसा, शान्ति र वसुदैव कुटम्बकम्को भावनाको विकास हुन्छ । रुसोले भनेजस्तै व्यक्ति र समाजको आचरणलाई निर्माण गर्नको लागि तदअनुरूपको शिक्षा आवश्यक ठानिन्छ ।
प्रसिद्घ वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भन्ने धारणा राखेको पाइन्छ । व्यक्ति र समाजको सहनशीलता आदर्श समाज निर्माणको आधार हो । व्यक्तिमा रहेका रिस, आक्रोस, बदलाको भावनालगायतका आवेगजन्य बानी, व्यवहार एवं चिन्तनलाई शान्ति, दया, माया, क्षमाशीलता एवं परोपकारी कार्यमा बदल्नका लागि गान्धीवादी शिक्षाकोको खाँचो हुन्छ । समाजका विभिन्न उमेर समूहका मानिसलाई अनुशासित हुन, सकारात्मक सोचको विकास गर्न, ठूलोलाई सम्मान गर्न, सानोलाई माया गर्न, साँचो बोल्न, अरूलाई सहयोग गर्न, जात, जाति, धर्म, लिंग, वर्गजस्ता विभेदहरूमा सहभाव राख्न सक्ने ज्ञान एवं क्षमताको विकास गर्नका लागि आत्मगत दृष्टिकोणहरूमा सम्पादन आवश्यक हुन्छ ।
राज्यले निर्दिष्ट गरेको शिक्षाका व्यक्तिगत, सामाजिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उद्देश्यका आधारमा तदनुरूपको जनशक्ति उत्पादन हुने हो
शिक्षा मानिसका विचारलाई सम्पादन, संशोधन, परिमार्जन एवं परिवर्तन गर्ने स्रोत हो । शिक्षाविद् म्याकेन्जीले शिक्षालाई मानिसको शक्तिहरूको चेतनापूर्वक विकास र सुधार गर्ने साधनका रूपमा अथ्र्याएका छन् । विद्वान् पेस्तालोजीको विचारमा शिक्षा मानिसको आन्तरिक शक्तिहरूको स्वाभाविक, क्रमिक र प्रगतिशील विकास हो भन्नेछ । उनले भनेझैं प्रगतिशील विकासको अधार पनि सत्य, तथ्य र विज्ञानको जगबाट निर्माण हुन्छ । यसरी हेर्दा म्याकेन्जीको शब्दमा समाजका अवैज्ञानिक, तर्कहीन एवं रूढिगत अभ्यासहरूलाई चेतनापूर्वक विकास गर्दा आत्मगत दृष्टिकोणहरूलाई बदलेर समयसापेक्ष मूल्य र मान्यताहरूलाई स्थापित गर्न आवश्यक हुन्छ ।
दार्शनिक सोक्रेट्सले शिक्षालाई प्रत्येक मानिसमा लुकेर बसेको सार्वजनिक वैधताको विचारलाई बाहिर ल्याउने शक्तिको रूपमा अथ्र्याएका छन् । मानिसका विचार, विश्वास, चालचलन, संस्कार, संस्कृति र अनुभवहरूबाट निर्माण भएका सामाजिक मूल्य र मान्यताहरूलाई संरक्षण, संवद्र्धन र विकास गर्न शिक्षाको हस्तक्षेपकारी भूमिकालाई स्वीकार गर्नुपर्ने हुन्छ । शिक्षाले इतिहासको गर्भमा रहेका परम्परागत, रूढिवादी, अन्धविस्वास र सामाजिक समस्याहरूलाई पहिचानगरी यिनीहरूको संरक्षण, संवद्र्धन, विकास र श्रीवृद्घिमा सहयोग गर्दछ । यसको साथै समाजका मूल्य र मान्यताहरूलाई तर्कशास्त्रको आधारमा समयसापेक्ष बनाउने काममा शिक्षाले प्रभावकारी भूमिका खेल्दछ ।
व्यक्ति, समाज, राष्ट्र र विश्वलाई सम्पन्न बनाउन शिक्षाले दिशानिर्देश गरेको हुन्छ । व्यक्तिलाई, स्थानीय, राष्ट्रिय हुँदै विश्व समाजमा अन्तरघुलन हुन सक्ने सक्ने व्यक्तित्व निर्माण गर्नु शिक्षाको समयसापेक्ष नागरिक कार्य हो । नागरिकहरूलाई प्रतिस्पर्धी, मिलनसार, उदार, प्रजातान्त्रिक व्यवहार र विश्वबन्धुत्वको भावना विकास गराउने काममा शिक्षा स्रोतकेन्द्र हो । शिक्षाविद् थोमसनले शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणाहरूको स्थायी रूपमा परिवर्तन गर्ने साधन हो भनेका छन् । थोमसले भनेझैं व्यक्तिका आचरणलाई स्थायी रूपमा परिवर्तन गर्नका लागि शिक्षाको चेतना आश्यक ठानिन्छ ।
त्यसो त राज्यले निर्दिष्ट गरेको शिक्षाका व्यक्तिगत, सामाजिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उद्देयहरूका आधारमा तद्अनुरूपको जनशक्ति उत्पादन हुने हो । जनशक्ति उत्पादनमा राज्यले तय गरेको शिक्षाको संरचना, पाठ्यक्रम, पाठ्पुस्तक, शिक्षणसिकाइ प्रक्रिया तथा मूल्यांकनलगायतका मापदण्डहरूले निर्धारण गर्दछन् । हाम्रो देशको सन्दर्भमा विद्यमान शिक्षा प्रणालीका बारेमा प्राज्ञिक बहस छ । समयसापेक्ष शिक्षाका बारेमा विचार विमर्शहरू हुने गरेका छन् । शिक्षाले नागरिकलाई असल, सक्षम, इलमी, अन्वेषक, देशप्रेमी, अध्यात्मिक, परिश्रमी, सांस्कारिक, तार्किक, नैतिक, परोपकारी, प्रतिस्पर्धी र अर्थापार्जन गर्न दक्ष जनशक्ति उत्पादन गर्न सकेको छ त ? भन्ने प्रश्नमा शंकाको सुविधा व्याप्त छ । त्यसैले समाजका हरेक क्षेत्रमा रहेका कमीकमजोरीहरूलाई सम्पादन गर्न सक्ने जीवनोपयोगी एवं तर्कमा आधारित वैज्ञानिक शिक्षा आजको आवश्यकता हो । भोलिको समाजको गोरेटो हो ।