फैलिदै छन् सहयोगी हातहरु

काठमाडौं । मकवानपुरको देवीटार राक्सीराङको चेपाङ बस्तीका बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कान देखेर फिड दि निड नेपालकी अध्यक्ष किर्तिका राजकर्णिकार भावुक भइन् । उनले जीवनमा धेरै खुसी खोजिन् तर ती बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कानले उनलाई असिम आन्नद दियोको उनी बताउँछिन् ।

जनवरीको दोस्रो हप्ता विभिन्न संघ÷संस्था, व्यक्तिको सहयोगमा फिड दि निड नेपालको संयोजनमा चेपाङ बालबालिकालाई पठनपाठन सामाग्री, साद्यान्न र न्यायो लुगा उपलब्ध गराइएको थियो । २०३० एजेन्डाका रुपमा रहेको भोकमरीको अन्त्यका लागि फिड दि निड नेपालले काम गरिरहेको राजकर्णिकार बताउँछिन् ।

‘धेरैलाई खुवाउन नसकेपनि हामी एकले एकजना भोको पेटलाई खुवाउन त सक्छौं नी त्यति गर्दा पनि नेपालीले भोकै सुत्नुपर्दैन ,’ उनी भन्छिन् । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानले चेपाङ बस्तीमा न्यायो कपडा बालबालिकालाई लगाइदै यस्तो कार्यका लागि आफू सधै अगाडि सर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा ३८.०१ न्युन पोषित जनसंख्या रहेको छ यसलाई सन् २०३० सम्ममा ३ प्रतिशतमा झार्ने लक्ष्य छ त्यसका लागि सरकार एक्लैले नसक्ने भएकाले सबैले हातेमालो गर्नुपर्ने धारणा राख्छन् फिड दि निड नेपालका सिइओ सुनिल राजकर्णिकार ।

यसकार्यका लागि फिड दि निड लाइन्स क्लब क्यालिफोर्निया युएसए , लाइन्स क्लब बुटवलका मनिउजेशका अध्यक्ष सोनाली गुरुङको सहयोग रहेको छ । ‘स सानो सहयोगले यो बस्तीमा हामीले ८० परिवारलाई आवश्यक खाद्य सामाग्री, १२० विद्यार्थीलाई न्यानो कपडा र अध्ययन सामाग्री वितरण गर्न सफल भयौं ।’ राजकर्णिकार बताउँछिन् । विभिन्न व्यक्ति क्लब, संघ/संस्थासँगको सहयकार्यमा काठमाडौं, भक्तपुर, ललितपुरमा खाना खुवाउने, लकडाउनको समयमा जनवारलाई खुवाउने कार्यक्रम समेत गरेको थियो । सिन्धुपाल्चोकमा संस्थाले ५९ पिडित घरपरिवारलाई आवश्यक सहयोग गरेको राजकर्णिकार बताउँछन । बुद्ध नेपाल पिस फाउन्डेनसँगको सहकार्यमा गोर्खामा विपन्न परिवारका बालबालिकालाई स्कुल सामाग्री वितरणड गरिएको संस्थाका सल्लाहकार सुस्मा राजकर्णिकार दुवाल बताउँछिन् । कोरोना महामारीले मानिसमा आत्मियता र सहयोगको हात अगाडि बढाउने उत्प्रेरित गरेको उनी बताउँछिन् ।

भोकमरीको अन्त्य र खाद्य सुरक्षामा सबैले ध्यान दिनुपर्ने युवा तथा इन्टरनेशनल लियो अफ दि इयर भैसकेकी किर्तिका बताउँछिन् । मर्यादा र समानता कायम गर्न पहिले भोकमरीको अन्त्य हुनुपर्ने उनको बुझाई छ । ‘बर्याभरी नै सुरक्षित पौष्टिक र पर्याप्त खाद्यको पहुँच सुनिचिश्च हुनकालागि हुनेले सामान्य सहयोग गर्दा नहुनेलाई ठूलो राहत मिल्छ ।’ उनी भन्छिन्,‘सहयोगी हातहरु फैलिरहेका छन् । युवाहरु सक्रिय छन् । हामी खुसी छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?