सर्लाही । जनता समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले नेपालमा तनाशाहको जन्म भएपछि नेपाली जनताले दुःख पाएको बताएका छन् ।
सर्लाहीको मलंगवा नगरपालिकामा जनता समाजवादी पार्टीको जनप्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्दै नेता महतोले प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिकै कारण प्रतिनिधि सभा विघटन भएको बताए । ‘केपी ओलीले संविधानमै नभएको धारा प्रयोग गरी बिना अधार प्रतिनिधिसभाको चिरहरण गरेका छन् ।’ महतोले भने ‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निरंकुश र तनाशाही भएको आफैले प्रमाणित गरेका छन्’ । ओलीले पटक पटक तानाशाही प्रवृत्ति देखाएको महतोको आरोप थियो । आफनो व्यक्तिगत स्वार्थ पूर्तिका लागि जनताद्धारा जनताका लागि बनाइएको संविधान बिपरित संसद विघटन गरेको आरोप लगाए ।
नेपालमा ७ आंै पटक सम्म संविधान बनेको र ति सबै संविधानमा शासकले जनताको अधिकार कटौती गरेको उनको भनाई थियो । ओली कदमले मधेशी, जनजाती, मुस्लिम, महिलाहरुले अलि अलि पाएको अधिकार पनि खोस्ने अवस्थामा आएको उनको भनाई थियो ।
जनताको अधिकार संरक्षण गर्नका निम्ति पनि जनता समाजवादी पार्टीले नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समुह सँग मिलेर संसद पुनरस्थापना गराएर नै छाडने नेता महतोले बताए ।
३ सांसद र १ केन्द्रिय सदस्यले मञ्चको आषण ग्रहण बहिष्कार
कार्यक्रममा मर्यादा क्रमको ख्याला नगरेको भन्दै विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य निरा साह,संजयकुमार यादव र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण बहिष्कार गरेका छन् ।
बिरोधसभा कार्यक्रममा प्रदेश सांसद र गाउँपालिका प्रमुखलाई आसनग्रहण गराएर मात्रै आफुहरुलाई आशन ग्रहण गर्न आग्रह गरेको भन्दै मञ्चको बहिष्कार गरेको विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिए ।