हनुमानका प्रसंसाले ओली झन झन उग्र हुँदै गए : नेपाल

तुलसीपुर । नेकपा दहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सिंगो देश भष्मासुरबाट आक्रान्त भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता तथा वृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै भने–‘नेकपाको महत्पुर्ण ओहोदामा पुगेका मान्छेले कम्युनिष्ट पार्टीलाई धारासायी बनाउन एउटा कदम उठाएका छन् ।’ ओलीले जुन भ¥याङमा चढे त्यही भ¥याङ भत्काए भन्दै नेपालले जुन कूर्सीमा बसेका छन् त्यो कुर्सीमा अरुले आँखा लगायो भने कूर्सी भाँचिदिन्छु भनेको स्मरण गरे । ‘जुन घरमा बसेका छन् त्यो घरमा झगडा भयो भनेर आगो लगाएका छन् । यस्ता भष्मासुर मान्छेले संविधानको व्याख्या गरेर संविधान विघटन गरेका छन् ।’

प्रतिनिधीसभा विघटन भएको अवस्थामा कामचलाउ प्रधानमन्त्री भएका ओलीले मन्त्रीमण्डल विस्तार, मन्त्री नियुक्ती र अन्तराष्ट्रिय क्षेत्रमा पुगेर महत्वपूर्ण सन्धी सम्झौता गर्न नपाउने भन्दै अध्यक्ष नेपालले खरो रुपमा आलोचना गरे ।

विधि, विधान र संविधान नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले जेगरे पनि ठिक गरेको छु भन्ने प्रवृति बढ्दै गए त्यसले उनलाई सिध्याउने चेतावनी अध्यक्ष नेपालले दिए । केपीका हुनमानले जे गरे पनि ठिक गरेको भन्दै ओलीको प्रशंसा गरेका कारण ओली झन उग्र र प्रतिगमनकारी बन्दै गएको उनले बताए ।

‘भष्मासुर भने पनि फिट, अज्ञानी भन्नुस् त्यो पनि फिट, सकुनी भन्नुस् त्यो पनि फिट, सबै कुराको ज्ञाता भन्नुस त्यो पनि फिट, म मात्रै ज्ञानी भन्नुस त्यो पनि फिट,’ नेपालले भने ‘उहाँलाई कसैको आलोचना मनपर्दैन । कसैका सुझाव चाहिँदैन । उहाँलाई प्रशसा मात्रै मन पर्छ । प्रशंसा कसलाई मन पर्छ थाहा छ ? मूर्ख शासकलाई मात्रै मनपर्छ ।’

भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाईदिने भएकाले बिबेकशिल मान्छे बालुवाटारको बाटो हिड्न छोडेको भन्दै अध्यक्ष नेपालले काटाक्ष समेत गरे ।

सो अवसरमा बोल्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संविधान विघटन गर्ने केपीको कदम उल्टिनेमा विश्वस्त भएको बताए । यदि देशी विदेशी शक्ती र प्रतिकृयावादी शक्तिहरु लागेनन भने कुनै पनि हालतमा संसद पुर्नस्थापना हुने प्रवक्ता श्रेष्ठले दाबी गरे । निर्वाचन अयोग र सर्वोच्चमा भएको सेटिङले कूनै पनि हालतमा काम नगर्ने बताउँदै श्रेष्ठले प्रतिगमनका विरुद्धमा सडकमा निरन्तर उत्रिरहन कार्यकर्ताहरुलाई आग्रह गरे । जनमुखी काम गर्न नसकेका कारण सरकार जनता बिचको दुरी बढेको बताउदै ओलीको पद जीन्दगीभरी बचाउनका लागि संघीय लोकतान्त्रीक गणतन्त्र नआएको प्रष्ट पारे ।

‘मेरो विरोध भएन भने ठिक । म पदमा बसीरहे भने ठिक भन्ने तिम्रो प्रतिगमनकारी कदमलाई साथ दिन जनताले आन्दोलन र बलिदानी गरेर लोकतन्त्र ल्याएका होइनन् ,’ श्रेष्ठले भने ‘हेर ओली अब तिमी २ महिना पनि सत्तामा टिक्न सक्दैनौ ।

ओलीले गम्भिर अपराध गरे

त्यसैगरी कार्यक्रमा लुम्बिनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले गम्भिर अपराध गरेकाले क्षमा दिन नसक्ने टिप्पणी गरे । प्रधानमन्त्री ओली कम्युनिष्ट विरोधी र प्रतिगमनकारी भएको बताउदै उनि नक्कली राष्ट्रवादी भएको बताए । । ‘ओलीले तीन ठाउँमा प्रहार गरे । पहिलो पार्टी, दोस्रो संघीय लोकतान्त्रीक गणतन्त्रमाथि र तेस्रो राष्ट्रमाथि जसले देशलाई निरन्तर अस्थिरता तर्फ लग्नेभयो ।’ इन्चार्ज ज्ञवालीले भने ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य बर्षमान पुन अनन्त र ओनसरी घर्तीले संविधानमाथि कू भएकाले यसका विरुद्ध एक जुट हुन भेला, प्रशिक्षणमा लागेको बताए । संघर्षको उपलब्धी संविधान भएको बताउँदै त्यसको रक्षा गर्नु आफुहरुको कर्तव्य भएकाले जनताको माझमा आएको बताए । आफुहरु बहुमतमा भएकाले आधिकारी पार्टी आफुहरुको हुने र निर्वाचन आयोगले पनि पार्टीको आधिकारीकता र चुनाव चिन्ह आफुहरुलाई दिने भएकाले मनलाई दुईमन नगराएर प्रतिगमणका विरुद्ध लामवद्ध हुन आग्रह गरे ।

दाङ जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतमा भएको कार्यक्रममा विघटीत संघीय संसदका सदस्य हिराचन्द्रकेसीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्टी सचिव सुवाश पुनले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय