Saturday, April 17, 2021
Home बिचार अमूल्य निधि : योगी नरहरिनाथ

अमूल्य निधि : योगी नरहरिनाथ

योगी विद्वान् मात्रै होइन, राष्ट्रवादी, भाषाविद्, दार्शनिक तथा वैदिक वामयका चिन्तक हुनुहुन्थ्यो

,

योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ फाल्गुण १७ र स्वर्गारोहण २०५९ साल फाल्गुण १४ गते भएको थियो । नेपालका अमूल्य निधि योगीजी हाम्रो बीचमा नरहे पनि उहाँलाई नेपाली समाजले बिर्सन सक्तैन । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धान नेपालको इतिहासका खोजपूर्ण स्रोत हुन पुगेका छन् । २००८ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नुभएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र–संग्रह सात भागसम्म, शिखरिणी यात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थ प्रकाशित गरी नेपालको इतिहास निर्माणमा योगीजीको ठूलो योगदान रहेको छ । सफल अन्वेषक र कुशल वक्ता योगीजी घण्टौंसम्म बोल्दा पनि थाक्नुहुन्नथ्यो । पृथ्वीनारायण शाहले ‘उप्रान्त यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ, चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ, देशका महाजन हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भनी दिव्य उपदेशमार्फत् मार्गदर्शन गरेका थिए ।

योगीजी नेपाली इतिहासका सही व्याख्याता र स्वामी प्रपन्नाचार्य वेदका प्रकाण्ड विद्वान हुनुहुन्छ । प्रपन्नाचार्यले वेदमै विद्यावारिधि गर्नुभएको थियो । योगीजी र इतिहाविद् नयराज पन्त, इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, धनबज्र बज्राचार्य, शंकरमान राजवंशी, नयराज पौड्याल आदि इतिहासकार र खोजकर्तासँग नरहरिनाथको छलफल हुन्थ्यो । योगीजी भन्नुहुन्थ्यो, ‘सुनलाई कसी लगाएको जस्तै हो छलफलबाट निस्किएको निचोड ।’ पछिल्ला दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । योगी नरहरिनाथ गाईका अत्यन्त भक्त थिए । योगीजीसँग २०५९ सालतिर उनको कुटीमा सँधै एउटा गाईको बाछा अंगरक्षकसरह रहने गथ्र्यो ।

योगीजी भन्नुहुन्थ्यो, ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ, त्यो हिन्दु हो । विश्व विकासको जगज्येष्ठ हिमालय हो । मानव ज्येष्ठ हाम्रो दर्शन हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पूर्खा कतैबाट आएका भनिन्छ, हाम्रो मूलथलो यही हिमवतखण्ड नेपाल हो । मानव सभ्यताको मूल थलो हिमालयको फेद नेपाल हो । राष्ट्रियता हाम्रो गौरव हो हामी यहीँका रैथाने हौं, भगुवा वा आगन्तुक होइनौं । आफ्नै देशलाई समृद्ध बनाउन सक्नुपर्छ, विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो भइने हीन भावना राख्नुहुन्न ।’ तर, नरहरिनाथजस्तो एक अमूल्य स्रष्टा राजनीतिक उथलपुथल र परिवर्तनको कालखण्डमा मुछिनुभएकाले योगी नरहरिनाथलाई एक विवादास्पद व्यक्तिका रूपमा पनि एकपक्षले हेर्ने गरेको छ ।

२०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषद्का व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताको थिचोमिचो पनि बढ्दै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३ हजार जति मानिसको जुलुस कर्मवीर महामण्डलको झन्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं’ भन्ने कांगे्रसविरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भई ढुंगामुढा लाठी चार्जपछि गोलीकाण्ड भयो जसमा सात जना मरेको र १० जना गोलीबाट घाइते र ७÷१० जनाका हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतंकको सिर्जना भयो । यी सबै कुरा योगी नरहरिनाथको उग्रभाषणका कारण भएको भनियो । कार्तिक ९गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट वीपीका कानमा पार्न थालेकाले वीपी पनि त्यहीँ कुरालाई विश्वास गरेर बोल्न थाले ।

राजा महेन्द्रले बेलायतबाट ल्याएका उपहार प्रधानमन्त्री पत्नी सुशीलालाई छालाको ब्याग, वीपीलाई टेपरिकर्डर, घडी, ब्रास्लेट दिए । पुस १ गतेभन्दा दुईदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्– ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? बिनाप्रमाण किन वक्तव्य दिनुभयो ? हामीलाई दोष लगाउनुभयो ?’ ‘सरकार † मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारबाही हुँदै छ ।’ ‘तपाईले त्यो कारबाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वीपीले भनेका छन्, ‘महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनीकन ऊ हिँड्थ्यो ।’ राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बन्धविच्छेदको अध्याय नै यहीँबाट सुरु हुन्छ ।

तर, गोरखाकाण्ड र योगी नरहरिनाथबीच वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार ५ सय चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नुभएको कागज योगीजीले बोक्नुभएको र त्यही कागजलाई अरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वीपी कोइरालालाई पोल पु¥याइएको थियो । योगीजीलाई जति नै विवादमा उतार्न खोजेता पनि योगी विद्वान मात्रै होइन, अपितु राष्ट्रवादी, भाषाविद्, दार्शनिक तथा वैदिक वाङ्मयका चिन्तक हुनुहुन्थ्यो । चार वेदका ऋचा योगीजीलाई कण्ठस्त थियो । कुनै पनि रोगव्याधीका लागि नेपालका जडीबुटी कुन कहाँ छन् कुन जडीबुटीको के

औषधी बन्छ योगीजीमा कण्ठ थियो । योगीजी नेपाललगायत बाहिर पनि आदर र सम्मानसाथ हेरिने एक विद्वान् हुनुहुन्थ्यो ।’ योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । सिद्धहस्त योगी नरहरिनाथप्रति श्रद्धाञ्जली

(Visited 379 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

ट्रेन्डिङ

चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली...

सित्तैमा १०० रिचार्ज

काठमाडौं । दोस्रो सातामा लकडाउन चलिरहेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । विश्वव्यापी कोरोना भाइरसबाट जोगिनका लागि सबै लडिरहको बेला समाजमा केही...

जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

सर्लाही ।  जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने...

गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका...

विदेशी नागरिकलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौँ । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका...

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

तीन जिल्लामा थपिए १९ संक्रमित, पर्साका मात्र ८ जना

वीरगन्ज । भारतबाट नेपाल आई पर्सा, बारा र रौतहटका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १९ जनामा नेपालीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी...

सिड्नीमा अपोलो होली मेला २०२० हुने

सिड्नी । बिगतका बर्षहरूजस्तै यो बर्ष पनि होली मेला हुने भएको छ । बिगत ४ बर्षदेखी यस प्रकारको कार्यक्रमहरूको आयोजना गर्दै आएका...

काेराेना निकाे हुन्छ भन्दै मदिरा पिउन थालेपछि‍‌‍‍‍‍

डाेटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको...

सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा

लन्डन । म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा पुगेका छन् । गएराति सम्पन्न खेलमा बर्मिङघम सिटीलाई ३-० ले पराजित गर्दै म्यानचेष्टर...

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

बेइजिङ । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा...

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

काठमाडाैं ।  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)