विद्युत् डिमान्ड शुल्क छुट आजबाट कार्यान्वयनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–(१९) का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट सोमबार ( आज)देखि कार्यान्वयनमा आउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आइतबार अर्थ मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि उत्पादनमूलक उद्योगले लकडाउन अवधिभर पाउनुपर्ने विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेलले यस निर्णय कार्यान्वयनबाट अब स्वदेशी उत्पादनमूलक उद्योग लाभान्वित हुने र कोरोना महामारीले प्रभावित अर्थतन्त्र पुनरोत्थानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ । चालू आर्थिक वर्ष २०७७-७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो । सोही बजेटमा उल्लेख भएअनुसार अहिले सरकारले यस्तो निर्णय गरेको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयमा सम्पन्न भएको बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी