काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ ।
२ माघमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको ढकालले बताए ।