Friday, March 5, 2021
Home Breaking News नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

निर्वाचन तयारीमा सुरक्षा निकाय, सेना भन्छ– तयार छौं

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।

निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।

नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।

यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसहित सवारी तथा सञ्चार साधन र अन्य आवश्यक लजिस्टिक सामानसमेत समेटेर खाका तयार गर्दै छ ।

‘नेपाल प्रहरीका तर्फबाट १२ अर्ब बराबरको खर्चको खाका आएको छ, सशस्त्रबाट आइसकेको छैन । सबै सुरक्षा निकायबाट आएपछि आवश्यक छलफल अघि बढ्छ,’ गृह स्रोतले राजधानीसँग भन्यो ।

नेपाल प्रहरीले भने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आँकडाका आधारमा खर्चको अनुमानित विवरण गृह मन्त्रालयमा पठाएको हो । प्रहरीले म्यादी प्रहरी भर्ना गर्दा लाग्ने खर्चलाई समेत अनुमानित खर्च विवरणमा पेस गरेको छ । आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

जसअनुसार १ लाख म्यादी प्रहरी भर्नाका लागि ५ अर्ब खर्च लाग्ने अनुमान छ । यस्तै साधारण खर्चतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च लाग्ने गरी खर्च माग गरिएको प्रहरी स्रोत बताउँछ । साधारणतर्फको खर्च तलब तथा भत्तालगायतमा खर्च हुनेछ भने पुँजीगततर्फ सवारीसाधन, सञ्चार साधनलगायतमा खर्च हुनेछ ।

यो पनि पढ्नुहोस   दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ भने सशस्त्र प्रहरीले डीआईजी गणेश ठाडा मगरको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले केन्द्रदेखि प्रदेशसम्म नै निर्वाचनको तयारी अघि बढाउने गरी सशस्त्र प्रहरीले निर्वाचन तयारी समिति बनाएको जानकारी दिए । उनका अनुसार प्रदेश तहमा भने त्यहाँ नेतृत्वमा रहेका डीआईजीले नै निर्वाचन शेल गठन गर्नेछन् ।

नेपाली सेनाले भने गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको समेत प्रतिनिधित्व रहेको र सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलले सेना निर्वाचनका लागि आन्तरिक गृह कार्यमा लागेको र सरकारले दिएको जिम्मेवारीे पूरा गर्ने बताए । ‘गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको प्रतिनिधित्व भइसकेको छ, सेना निर्वाचनको आन्तरिक तयारीमा छ । दायित्व के के आउँछ ? त्यहीअनुसार सेना तयार रहन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

(Visited 212 times, 1 visits today)
Loading comments...

आजको समाचार

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

साताका लोकप्रिय समाचार

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

ट्रेन्डिङ

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९...

एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा...

पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनि पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । प्रेसर, सुगर र पार्किन्सनको रोगी...

भीम रावलकाे आक्राेस : रेलमा कात्रो ओढाएर राख्ने हामीलाई काम गर्न दिएनाै भन्ने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध...

बर्दियामा १४१ जना कोरोना जितेर घर फर्के, ३९ जना आइशोलेसनमा

बर्दिया । बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा बिहिबारसम्म १ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन्...

बामदेवलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, मन्त्री बन्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

सउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ ।...

बजेटमा विवादास्पद एमसीसी : एक गम्भीर चुनौती

सरकारले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्समक्ष पेस गर्ने क्रममा एमसीसी सम्झौतामा उल्लेख भएको तर नीति तथा कार्यक्रमको नम्बर २११ मा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

धेरै पढिएका

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)