महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपा सुदूरपश्चिमका ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएसंगै दुई मन्त्राल खाली रहेका बेला प्रदेश सरकारलाई पुर्णता दिन मन्त्रीमण्डल फेर बदल गर्न थालीको चर्चा बहिर आएको छ ।
हाल बहाल वाल ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थप्नेगरि नेकपा प्रचण्ड–नेपाल समूहले गृह कार्य अगाडि बढाएको चर्चा चलेको छ । मन्त्रीबाट फिर्ता बोलाउनेमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी रहेको श्रोतको भनाई रहेको छ ।
उता नेकपा प्रचण्ड–नेपाल समूहले गृहकार्य जारी राखेको बताउदै आ्रएको छ । मन्त्रीमण्डल फेर बदल हुन्छ । जिम्मेवारी क कस्लाई दिने’bout टुङगो लागी नसकेको तर पार्टीले आधिकारीक निर्णय गरिसकेको अवस्था नभएको प्रदेशसभा संसद लाल बहादुर खडकाले बताए । नेकपा नेता तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज भीम रावल पनि सुदूरपश्चिममै रहेका बेला छिट्टै सरकारको टुङगो लाग्ने उनले बताए ।
नयाँ फेरिने मन्त्रीहरुमा प्रमुख सचेतक तारालामा तामाङ लाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, प्रदेशसभा सदस्य पूर्णा जोशीलाई सामाजिक विकास मन्त्री, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विरमान चौधरी, भौतिक पूर्वाधार विकास मन्त्रीमा मानबहादुर धामी र आर्थिक मामिला तथा योजना मन्त्रीमा पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई नियुक्त गरिने चर्चा चलिरहेको छ ।
यस्तै नेकपाका सचेतक अक्कल रावल वन तथा वातावरण राज्यमन्त्री र कुन्ति जोशी र देवकी मल्ल मध्ये एक जना भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्ने चर्चा चलेको छ । नेकपा प्रचण्ड–नेपाल समूहभित्र विगतमा मन्त्रीदेखि मुख्यमन्त्रीसम्मका दाबेदार रहेका प्रदेशसभा सदस्यहरुको व्यवस्थापन गर्न विषय मन्त्रालय टुक्राउने तयारी गरिएको हो । संविधानअनुसार प्रदेशसभामा कायम प्रदेशसभा सदस्यको २० प्रतिशत हुनेगरी मन्त्रीपरिषद् विस्तार गर्न सकिने भएकाले ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गरिने सरकारले जनाएको छ । यसरी अहिले रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयसहित गरी थप ६ जनाले मन्त्री बन्ने अवसर पाउनेछन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९ जना प्रदेशसभा सदस्य रहेकोमा ओली पक्षमा अहिलेसम्म ७ जना मात्र खुलेका छन् । ओली समूहले काँग्रेस र जसपासँग सहकार्य गरेर सरकार बनाउने छलफल समेत चलाइरहेको छ । मन्त्रालयगत जिम्मेवारी बाँडफाँड सहितको सूची’bout आधिकारीक पुष्टि भने भएको छैन् ।
नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा.भीम रावल धनगढी पुगेका छन् । नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तथा प्रदेश सरकार विस्तार एवंम् पुनर्गठनको गृहकार्य गरिररहेका बेला रावल धनगढी पुग्नलाइ अर्थपूर्ण तरिकाले हेरिएको छ । प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित देखिएको नेकपा सुदूरपश्चिममा आन्तरिक किचलो साम्य नभएका बेला संविधानअनुसार प्रदेशसभाको बैठक बोलाउनुपर्ने समय नजिकिएको छ ।
सरकारको सिफारिसमा गत साउन ३१ गते प्रदेशसभाको छैठौँ अधिवेशन अन्त्य भएकोमा बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार माघ भित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ । नभए प्रदेशसभा स्वतः भंग हुन्छ । प्रदेशसभाको एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अनिवार्य अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।