Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ३सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

,
sharethis

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि मण्डीसँगै च्यापेर स्थानीय सुमित्रा माझी आफ्नो घरतर्फ फटाफट लागिन ।

स्वेता श्री फाउण्डेशनको अगुवाइमा चौतारा साँगाचोकगढी नगरपालिका–१३ निर्माण सम्पन्न हुने क्रममा रहेको एकिकृत माझी बस्तीका माझी समुदायलाई लक्षित गरेर नेपाली सेनाको सैनिक श्रीमती संघले मण्डी र प्रेसर कुकुर वितरण गरेपछि यहाँका माझी समुदाय मख्ख छन् ।

झ्याडीका माझी बस्तीका लागि मात्रै होइन इन्द्रावती गाउँपालिका–११ बिसदेउटारको एकिकृत माझी बस्तीलाई पनि सैनिक श्रीमती संघले जाडोमा न्यानो मण्डी र प्रेसर कुकुर वितरण गर्दा त्यहाँका समुदाय पनि खुसी थिए ।

नेपाली सेनाको सैनिक श्रीमती संघले दुवै माझी बस्तीका १ सय २८ घरपरिवारलाई मण्डी र प्रेसर कुकुर वितरण गरेको थियो । झ्याडीका ६६ घरपरिवार र विसदेउटारका ६२ घरपरिवारलाई सामग्री वितरण गरिएको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

माझी परिवारलाई मात्रै होइन संघले स्थानी झमलादेवी आधरभुत र विसदेउटार आधरभुत विद्यालयका सबै विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको थियो भने विद्यालयलाई सेनाले नै रगरोगन गरेर चिटिक्क बनाइदिएका थिए । विद्यालयका लागि पनि फर्नीचर लगायतका सामग्री प्रदान गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

सैनिक श्रीमती संघका प्रतिनिधिहरु रोजिना राउत, सरस्वती कडेल बैदवार र स्मृती शाहले माझी बस्तीमा पुगेर सामग्री वितरण गरेका थिए । विद्यालयको लागि आएको फर्नीचार नेपाली सेनाको २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले विद्यालयलाई फर्नीचर हस्तान्तरण गरेका थिए । कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ,प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, विरेन्द्र शान्ति कार्य तालिम केन्द्रका महासेनानी मनोज बैदावार, तारादल गणका गणपति प्रमुख सेनानी अनिल केसी बिष्णुदल गणका गणपति नरेश केसी श्वेता श्री फाउण्डेशनका संस्थापक अध्यक्ष श्वेता खड्का लगायतका सहभागी थिए ।

सैनिक श्रीमती संघले देशका बिभिन्न क्षेत्रमा सैनिकका परिवार तथा दुःखमा परेका स्थानीयलाई सहयोग गर्दे आएको स्रनिक श्रीमती संघका प्रतिनिधि रोजिना राउतले बताइन । सैनिक श्रीमती संघले यो वर्षपनि बाढीपहिरो,शित लहर लगायतका विपत्तीमा परेका समुदायलाई सहयोग गरेको र आगामी दिनमा पनि स्ता सहयोग निरन्तर हुने राउतले बताइन ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सैनिक श्रीमती संघले यस क्षेत्रका वासिन्दालाई उपलब्ध गराएको सहयोगलाइ आमाले गर्ने मायाको रुपमा प्रशंसा गर्दे समस्यामा परेका समुदायलाई यसले केही भएपनि सहयोग पुग्ने बताए । नेपाली सेनाको २६ बाहिनी अड्डाका बाहिनीपति बिष्णु राउतले नेपाली सेनाले समस्यामा परेका स्थानीयलाई वितदेखि नै सहयोग गर्दे आइरहेको बताए । सेनाले जनहितका तथा सामाजिक कार्यहरु बाहिनी तथा अन्तरगतका युनिटहरुले निरन्तर रुपमा लागिरहने प्रतिबद्धता जनाएका थिए ।

सैनिक श्रीमती संघले स्थानीय झमलादेवी आधभुत विद्यालय र विसदेउटार आधरभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

फ्रेन्ड्समा नयाँ कार्य समिति

काठमाडौं । दीपक थापाको अध्यक्षतामा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सको नयाँ कार्यसमिति चयन भएको छ । गत असारमा भएको साधरण सभाले दीपक थापालाई नै कार्य...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

  काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।...

ट्रेन्डिङ

गोठाटारमा खुल्यो कृषी बजार

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ स्थित गोठाटार नागरिक मार्गमा कृषी उपज बजार सञ्चालनमा आएको छ । मनमुरी कृषी सहकारी सँस्था लिमिटेडले...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाई गर्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)