दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको छ ।

सिरिजको पहिलो संस्करण काठमाडांैको उत्तरभेगीय टोखामा सम्पन्न भइसकेको छ । प्रत्येक दुई सातामा हुने सिरिजको तेस्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी चौथो संस्करण टोखा, पाँचांै कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोस्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

स्थानीय स्तरमा स्थानीय संस्थासँग समन्वय गर्दै नव प्रतिभावान् खेलाडी पहिचानका साथै खेल समुदायको बिकास गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको सिरिजको संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार प्राधिकरणले भन्यो : ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’