सिरहाको मिर्चैयामा भेटिएको कुकर बम सेनाले गरे डिस्पोज

सिरहा । पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको सपोजल टोलीले कुकर बम डिस्पोज हो ।

गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बिहान ७ बजे पु4लको उत्तर पश्चिम कुनामा शंकास्पद अवस्थामा कुकर देखेका थिए । प्रहरीले देख्नासाथ तत्काल सवै सुरक्षा निकायलाई खवरगरी संयुक्त गस्ती टोलीले ’roundका झाडीहरुसमेत सर्च गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पुलमै बम भएकाले करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले मानविय क्षति हुन नदिन बाटोमै बम भएकोले केही वेर सडक अवरुद्ध भएको जनाए । कसले के प्रायोजनाको लागि बम राखिएको भन्ने अझै नखुलेको भन्दै डिएसपी श्रेष्ठले घटना’bout अनुसन्धान भईरहेको जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र एक महिनाभित्र सञ्चालनमा आउने