Tuesday, March 9, 2021
Home Editor-Picks प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

बहसमा व्यंग्यात्मक टिप्पणी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र मेघराज पोखरेलले बहस गरे । सोमबार भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले गरेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न किन नपाउने भनी पुनः प्रश्न दोहो-याएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै अधिवक्ता पोखरेलले आफ्नो भनाइ इजलासमा राखे । त्यसपछि प्रधानन्यायाधीश राणाले प्रश्न गरे, ‘संविधानको धारा ७६ को उपधारा (१) अनुसार बनेको प्रधानमन्त्रीले सोही धाराको अन्य उपधारामा जान मिल्छ कि मिल्दैन ?’ त्यसपछि अधिवक्ता पोखरेलले स्थायित्वका लागि विगतमा भएका विघटनको अधिकार वर्तमान संविधानबाट झिकिएको बताए ।

‘प्रधानमन्त्रीसँग अर्का संविधान छ भने अर्कै कुरा ! नत्र श्रीमान्हरूले इजलासबाट पनि संविधान पल्टाउनुभएको छ । पदमा नहुँदा अर्कै हुने र अहिले अर्का संविधान हुँदैन होला ।’

अविश्वासको प्रस्ताव पनि दुई वर्षसम्म राख्न नपाउने व्यवस्था गरिएको उल्लेख गर्दै पोखरेलले चलाउन सके पाँच वर्ष चलाउने, नसके पदबाट हट्नुपर्ने तर्क गरे । ‘प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भने राजीनामा दिने हो । तर, प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छैन,’ उनले भने ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने संविधान फरक हो भनी इजलासमा प्रश्न गरे । वरिष्ठ अधिवक्ता थापाले रिट निवेदक देव गुरुङका तर्फबाट बहस गर्दै उनले सबैले अध्ययन गर्ने संविधान एउटै भएको र पदमा हुँदा एउटा र बाहिर हुँदा अर्को हुन नसक्ने दाबी गरे ।

‘संविधानले चिनेको संवैधानिक इजलास भएकाले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको कामबारे बहस हुँदै छ,’ थापाले भने, ‘प्रधानमन्त्रीसँग अर्का संविधान छ भने अर्कै कुरा ! नत्र श्रीमान्हरूले इजलासबाट पनि संविधान पल्टाउनुभएको छ । पदमा नहुँदा अर्कै हुने र अहिले अर्का संविधान हुँदैन होला ।’

त्यस्तै उनले संविधानसभा अध्यक्ष सुवास नेम्बाङ र महान्यायाधिवक्ता खरेलमाथि पनि व्यंग्यात्मक टिप्पणी गरेका थिए । पहिला प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्ने तिनै व्यक्ति अहिले विघटनको समर्थनमा रहेकामा आपत्ति जनाए ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

साताका लोकप्रिय समाचार

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको...

ट्रेन्डिङ

दलित समूदायमा ग्याँस चुलो बितरण

बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिकाले वडा न. ७, का सबै दलित घरपरिवारलाई १–१ ग्याँस चुलो र ग्याँस सिलेण्डर बितरण...

सिरहा कारागारका ५०७ कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहाको कारागार कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको...

रौतहटमा करेन्ट लागेर बालकको मृत्यु

रौतहट । रौतहटको गौर नगरपालिकाको सवगढा स्थित एक पसलको घुम्तीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका ६ का राम एकवाल साहको...

कोरोना भाइरसका चौथो संक्रमित धनगढीमा भेटियो

धनगढी । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको...

सरस्वतीको पोस्टमा मच्छिन्द्रको ६ गोल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित...

कथा : घूस

‘घूस नखुवाई प्रमोसन त पाएको पायै हो ?’ चामलमा सलबलाइरहेका घुन टिप्दै अनि नाक चेपार्दै झर्कोफर्को सुनाउँदै थिइन्, श्रीमती । म कान थापिरहेको थिएँ ।...

जनरल इन्सुरेन्सको आइपीओ खुल्यो, मेरो शेयरमा समस्याले भर्न तनाब

काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आइतबार ११ असोजबाट आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी...

जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…

कर्णाली । सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि...

हतारमा अनलाइन सिकाइ

२०७४ सालको स्थानीय निर्वाचनमा यो पंक्तिकार बझाङको सुर्मा गाउँपालिकामा निर्वाचन अधिकृत थियो । उम्मेदवारको नाम दर्तादेखि चुनावी परिणामका सबै काम अनलाइनमार्फत गर्नुुपर्ने निर्देशन थियो...

फलफूल जुसको नयाँ गुणस्तर मापदण्ड

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलपूmलबाट तयार गरिने जुसको नयाँ मापदण्ड निर्धारण गरेको छ । विभागले अन्तर्राष्ट्रिय मान्यताअनुसार फलपूmलको गुणस्तर मापदण्ड...

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार एक सय नाघ्यो

बेइजिङ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई...

भोली यी क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौं । काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म ‘लोडसेटिडङ’ हुने भएको छ । महाराजगंज वितरण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)