भारतको ७२औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक विकासको बारेमा पनि यो आलेखले प्रकाश पार्ने प्रयास गरेको छ । संसारका केही क्रान्तिका गाथाहरू स्वर्ण अक्षरले अंक्ति गरिएको हुन्छन् । फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामजस्तै भारतीय स्वतन्त्रता आन्दोलनलाई विश्व इतिहासले आदरपूर्वक ग्रहण गर्दछ । भारतीय स्वतन्त्रता आन्दोलनमा सबभन्दा गहिरो र दीर्घकालीन प्रभाव महात्मा गान्धीको नै देखिन्छ ।

गान्धीले स्वतन्त्रता आन्दोलनको लडाइँताका राजनीतिलाई तपस्याको संज्ञा दिएका थिए भने राजनीतिज्ञलाई तपस्वीको संज्ञा दिएका थिए । राजनीति अपरिग्रहको अंकुरबाट स्वच्छ हुन्छ । अर्थात् सादगी, त्याग, सदाचार र सत्याग्रह गान्धी राजनीतिका सूत्र हुन् । गान्धीको प्रभाव भारतीय राजनीतिमा अनवरत रूपमा देखिएको छ । सन १९४७ देखि सन् १९५७ सम्म भारतीय राजनीतिको बडो संकटपूर्ण अवस्थामा थियो ।

भारत विभाजन, हिन्दू मुस्लिम साम्प्रदायिक तनाव, ५ सय वटा राज्यको भारतमा एकीकरणजस्ता अनेकांै चुनौतीको व्यवस्थापन थियो । भारतका दुई मूर्धन्य नेताहरू जवाहरलाल नेहरू र बल्लवभाइ पटेलले यी दायित्वलाई निष्ठापूर्वक निर्वाह गरे । संविधान निर्माणको जिम्मेवारी अम्वेडकरले गरे । अम्वेडकर गान्धीको कटु आलोचक भए तापनि गान्धीको सिफारिसमा नै नेहरूको मन्त्रिमण्डलमा मन्त्री भएका थिए साथै संविधान मस्यौदा तयार गर्ने जिम्मेवारी पनि पाएका थिए । गान्धीवादको मर्म नै विरोधको ध्वनिलाई अंगीकार गर्नु हो । हुन त यी दायित्व र अभिभारा पूरा गर्न धेरै महापुरुष सहभागी थिए । सन् १९४८ जनवरीमा गान्धीको हत्या भएपछि नेहरू र पटेल हरेक मतभेद र मतभेदका बाबजुद पनि आफ्नो कर्तव्यबाट विचलित भएनन् । किनकि यी दुई व्यक्तित्वको मिलनको सेतु नै गान्धीवाद थियो ।

सन् १९४६ देखि सन् १९५८ को कालखण्डमा पटेलले भारतको प्रशासनिक संरचना सुधार गरी बलियो पारे । आईसीएस (इन्डियन सिभिल सर्भिस)लाई परिवर्तन गरी आएएएस (इडियन एडमिनिस्ट्रेटिभ सर्भिस)मा रूपान्तर गरेर भारतको कर्मचारीतन्त्रलाई बलियो बनाएको श्रेय पटेललाई जान्छ । सन् १९५८ देखि सन १९६७ सम्म कालखण्ड पनि धेरै उतारचढाव र आरोह अवरोहले भरिएको छ । संसारको राजनीतिलाई चक्ति बनाउने नेहरू नै थिए । भारतजस्तो अति पिछडिएको र पछौटेपन भएको समाजमा चुनाव गराउनु तत्कालीन समाजमा दिवास्वप्न नै थियो ।

आईसीएस (इडियन सिभिल सर्भिस)लाई परिवर्तन गरी आएएएस (इडियन एडमिनिस्ट्रेटिभ सर्भिस)मा रूपान्तर गरेर भारतको कर्मचारीतन्त्रलाई बलियो बनाएको श्रेय पटेललाई जान्छ

भौगोलिक विविधता, निरक्षरता, प्रजातान्त्रिक मूल्य मान्यताबाट वञ्चित समाजमा चुनाव सम्पन्न गराएर नेहरूले आफ्ना नेतृत्वको परिचय दिइसकेका थिए । हुन त सन् १९२५ मा भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षता सरोजनी नायडुलाई बनाएर प्रस्ट रूपमा सन्देश दिएका थिए कि भारतका नेतृत्व सहभागिताको राजनीतिप्रति सचेत छन् । सन् १९२५ सम्म युरोपका अधिकांश मुलुकमा महिलाले मतदानका अधिकारसमेत पाएका थिएनन् । सन १९५७ र सन १९६७ बीच भारतलाई भाषाको आधारमा संयोजन गरेको पाइन्छ ।

चुनाव र भाषिक विविधताको सम्मान नै प्रजातन्त्रका पाइला हुन् । पाकिस्तानको विभाजन भाषाका कारणले नै भएका हुन् भने श्रीलंकाको गृहयुद्धका कारण भाषा नै हुन् । सन् १९६२ मा चीनसँग पराजित हुनु एउटा घटनाले नेहरूको नेतृत्वलाई प्रश्नको घेरामा रेखांकित गर्दछ । तत्कालीन सेना प्रमुख घमैयाको सल्लाहलाई गम्भीरतापूर्वक नलिनु र कृष्ण मननको सल्लाहमा पूर्वविचार नगर्नु नेहरूले ऐतिहासिक भुल गरेको देखिन्छ । सन् १९६१ म गोवालाई पुर्तगालीको उपनिवेशवादबाट मुक्त गराएर प्रजातान्त्रिक मूलधारमा ल्याउनु एउटा उपलब्धिको रूपमा लिन सकिन्छ । प्रजातन्त्र र तानाशाही व्यवस्थाबीच ताŒिवक अन्तर के हेर्न सकिन्छ भने इन्डोनेसियाले पूर्वी टिमोरलाई पूर्तगाली उपनिवेशबाट मुक्त गराएर ४० वर्षसम्म चुनाव गराएन । सन् १९६४ मा नेहरूको देहान्तपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भए । सन् १९६५ ताका रामलीला मैदानबाट सम्बोधन गर्दै आफ्नो बायाँपट्टी मिर मुस्ताक अहमद र दायाँ पट्टी एनटोनी राइटलाई देखाउँदै भारत धर्मनिरपेक्ष राष्ट्र हो भने संदेश दिँदै तत्कालीन पाकिस्तानी सैनिक शासक अ‍ैयुव खानलाई चुनौती दिँदै सन् १९६५ मा पाकिस्तानलाई युद्धबाट पराजित गरे । ‘जय जवान, जय किसान’को एकातर्फ नारा दिए भने अर्कोतर्फ कृषिको जिम्मा प्रसिद्ध वैज्ञानिक सुव्रमन्यलाई दिए भने विज्ञानको जिम्मा स्वामी नाथनलाई दिएर हरित क्रान्तिको विगुल फुके ।

शास्त्री मितव्ययी, सादगी र स्वाभिमानको प्रर्तिमूर्ति नै थिए । सन् १९६७ देखि १९७७ सम्मको कालखण्डलाई इन्दिरा गान्धीको शासनको कालखण्डको रूपमा हेर्न सकिन्छ । इन्दिरा गान्धी शस्त्र र शास्त्र दुइटै भाषा बुझेकी थिएन् । सन १९७१ ताका पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आफ्ना सैन्य क्षमताको बलमा पाकिस्तानलाई टुक्रा गरेर बंलगादेशको धाइआमा बन्न पुगेकी इन्दिरा गान्धीले सन् १९६२ मा चीनको हारबाट खस्किएका भारतीय मनोबललाई बलियो बनाउन सफल भइन् । स्मरण रहोस्, इतिहासको त्यो संकटपूर्व घडीमा अमेरिका र चीन भारतका विपक्षमा उभिएको थियो । बंगलादेशको जन्म भएपछि इन्दिराको दबदबा भारतीय राजनीतिमा बढ्दै दम्भ र अहंकारमा परिवर्तित भयो ।

तर, भारतमा गान्धी मरे पनि गान्धीवाद जीवित अवस्थामा नै थियो । डा. लोहियाले इन्दिराको विपक्षमा राष्ट्रिय आन्दोलन चलाउँदै सन १९६७ तिर धेरै राज्यहरूमा ‘गैरकांग्रेस सरकार’ निर्माण गर्न सफल भए । त्यस्तै केरेलामा कम्युनिस्ट, तमिलनाडुमा डीएमके र हिन्दी क्षेत्रमा समाजवादी पार्टीको सरकार बने । इन्दिरा सुशासनको नाममा स्वेच्छारिता बढाइन् । तदनुरूप सन् १९७५ मा संविधानका केही धारालाई निलम्बित गर्दै जनताको मौलिक अधिकार र हकलाई खारेज गरिन् ।

स्वतन्त्रता आन्दोलनको अर्को वृद्ध नेता निष्ठा, विद्धता र एकताको प्रतीक जयप्रकाश नारायणले आपत्कालीन व्यवस्था विरोधमा राष्ट्रिय आन्दोलन चलाए । जसलाई ‘जेपी’ आन्दोलनको नाममा स्मरण गरिन्छ । जेपी आन्दोलनबाट इन्दिरा सताच्युत भइन् । जेपी आन्दोलबाट नयाँ नेतृत्वको उदय भयो । मुरारजी देसाई, चौधरी चरण सिंह र जगजीवन राम आए । देसाइको शासनकाल पनि रोचक देखिन्छ । देशाइको मन्त्रिमण्डलमा पराराष्ट्रमन्त्री अटल विहारी वाजपेयी थिए भने सूचनामन्त्री लालकृष्ण आडवाणी थिए । यी दुइवटै नेतृत्व हिन्दुस्तान चिन्तन धाराबाट सञ्चालित जनसंघबाट थिए । वाजपेयीले चीनको भ्रमण गरेर सन् १९६२ पछि भारत र चीनको शून्य सम्बन्धलाई क्रमभंग गरे । देसाइको महŒवपूर्ण उपलब्धि नै विज्ञको हातमा शासन भार दिनुथियो ।

देसाईले डा. मनमोहन सिंहलाई अर्थ सचिवमा नियुक्त गरे भने स्वामीनाथलाई कृषि मन्त्रालयको जिम्मा दिए । दरो नेतृत्व नहुनु र आपसी कलहले गर्दा राजनीतिको अखडामा देसाई धेरै टिक्न सकेनन् । सन् १९८७ देखि सन् १९९७ को कालखण्ड पनि कम रोचक छैन । समग्रमा भन्ने हो भने यी कालखण्डमा ‘मण्डल’ ‘मन्दिर’ र ‘मार्केट’ले राजनीतिलाई परिचालित गरेको देखिन्छ । राजीव गान्धी प्रधानमन्त्री भए, उनको साकारात्मक पक्ष नै भारतलाई आधुनिकीकरणमा लैजानु थियो ।

भौगोलिक विविधता, निरक्षरता, प्रजातान्त्रिक मूल्य मान्यताबाट वञ्चित समाजमा चुनाव सम्पन्न गराएर नेहरूले आफ्ना नेतृत्वको परिचय दिइसकेका थिए

तत्कालीन पश्चिम बंगालका मुख्यमन्त्री ज्योति वषुले व्यंगात्मक भाषामा उनलाई ‘मिस्टर कम्प्युटर’ भन्ने गर्थे । राजीव गान्धी समन्वयको राजनीतिलाई अगाडि बढाए । अल्पसंख्यकप्रति उनी संवेदनशील थिए । इरानभन्दा पनि पहिले सलमान रुस्दीद्वारा लिखित पुस्तक ‘स्याटनिक भर्सेज’लाई प्रतिबन्ध लगाए । राजीव गान्धीको हत्यापछि भारतमा एउटा नयाँ युगको सूत्रपात भयो– नरिसंह राव र डा. मनमोहन सिंहको आगमन । इतिहासले नरसिंह रावसँग न्याय गरेको छैन । विराट बौद्धिक व्यक्तित्व, प्रशासनिक र कूटनीतिक क्षमताले पूर्ण र सरलता र चतुरताको संगम रावले खुला अर्थव्यवस्थाको थालनी गरेर भारतलाई एउटा नयाँ युगमा प्रवेश गराए ।

परराष्ट्रनीतिको क्षेत्रमा ‘लुक इस्ट पोलिसी’ रावको नै नीति हो । भारतीय संसद्मा बीजेपीलाई वेद वाणीबाट चुप लगाउन सक्ने र कूटनीतिमा विभिन्न विदेशी भाषाको प्रयोग गरेर विनोद गराउन सक्ने सायद भारतले यस्तो प्रधानमन्त्री पाएको छैन । रावद्वारा लिखित पुस्तक ‘इनसाइडर’ले रावको व्यक्तित्व र कृतित्वलाई उद्घाटित गर्दछ । रावपछि बाजपेयीको युग न्युक्लियर परीक्षण, लाहोर बस यात्रा, कारगील युद्धजस्ता परिघटनाले स्मरण गरिन्छ । बाजपेयी सर्वदलीय सरकार, समन्वयको राजनीति, सन्तुलनको परराष्ट्र नीति, सडक सञ्जालबाट उदारीकरण अर्थव्यवस्थाको सन्चालनले गर्दा इतिहासले उनलाई आदरपूर्वक नमन गर्दछ ।

सन् २००७ देखि सन् २०१७ को कालखण्डमा चर्चा गरौं । वाजपेयीको अवतरण पछि डा. मानमोहनसिंह प्रधानमन्त्री भए । खुला अर्थव्यवस्थालाई डा. सिंहले दिशानिर्देश दिए तापनि भ्रष्टाचार र पार्टीको दबाबले गर्दा सिंह दृष्टिले सृष्टि गर्न सकेन । सन् २०१४ एउटा नयाँ युगको उदय भयो । नरेन्द्र दामोदर मोदीको युग । मोदीले वेस्स्ट मिनिस्टर मोडेललाई राष्ट्रपतीय चुनावी पद्वतिको रंग रूप दिँदै राहुल गान्धीलाई आफ्नो समकक्ष बनाउँदै चुनावमा अभूतपूर्व सफलता प्राप्त गरे ।

इतिहासकार रामचन्दुु गुहाले मोदीको नेतृत्वलाई इन्दिरा गान्धीको नेतृत्वसँग तुलना गरेका छन् । सञ्जय गान्धीको इसारामा चल्नु र अल इन्दिरा रेडिया सञ्चालनका घटनालाई अमित साहको सल्लाह र मोदीको कार्यक्रम ‘मनकी वात’सँग उनले तुलना गरेका छन् । तर आसियानदेखि अमेरिका र युरोप सामीप्यता राखेर इन्डोप्यासिफिक क्षेत्रको नेतृत्व पाएर र कर्वाडको अगुवाइ पाएर मोदी प्रजातान्त्रिक पद्धतिबाट शक्तिशाली नेताको रूपमा आफूलाई चित्रण गरेको देखिन्छ ।

समग्रमा भारतको प्रगति यात्राले चुनावलाई महाकुम्भ बनाएको छ भने सञ्चारलाई जनताको नयन बनाएको देखिन्छ । प्रजातन्त्रले विकास सुस्तरी हुन्छ तर सहभागिताले विकासलाई स्थायित्व दिन्छ । अमेरिकाले गरेको २ सय वर्षको विकास सोभियत रुसले ७० वर्षमा गरे तापनि रुसको विकासमा समावेशिता र सहभागिता नभएकाले गर्दा स्थायी हुन सकेन । भारतको सात दशकको प्रजातान्त्रिक यात्राबाट लाभांश लिन सकिन्छ ।