लागूऔषध कारोवारीमा संलग्न दुई महिला पक्राउ

काठमाडौं । लागूऔषध कारोवारीमा संलग्न दुई महिलालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१ बलम्बुका ३७ वर्षीया रिता खड्का र २९ वर्षीया अमृता तामाङ छन् ।

सोमबार दिउँसो रविभवनमा लागूऔषध कारोवार भइरहेको सूचना महानगरीय प्रहरी वृत्त कालीमाटीले पाएको थियो । सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको वृत्तका डिएसपी अपिल राज बोहराले सनराइज खबरलाई जानकारी दिए ।

उनीहरुको साथबाट ६ केजी ८१६ ग्राम चरेश, ६ लाख ६२ हजार रुपैयाँ र किप्याड मोबाइल २ वटा बरामद भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले