कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय विरुद्ध कृषकहरु आन्दोलित

काठमाडौँ । कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णयविरुद्ध विभिन्न कृषि उद्यमी, राष्ट्रिय संघर्ष समिति लगायतले काठमाडौंमा आन्दोलन सुरु गरेको छ । कृषि क्षेत्रमा विदेशी लगानीविरुद्ध विभिन्न १५ वटा कृषि उद्यमी तथा संघ(संस्थाले एक्येवद्धता जनाएर प्रदर्शन गरेका हुन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लाई संशोधन गर्दै सरकारले गत पुस २० गते राजपत्रमा प्रकाशित गर्दै कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयविरुद्ध विभिन्न कृषि उद्यमीहरुले संयुक्त रुपमा शान्तिपूर्ण विरोध सुरु गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा सबै कृषि उद्यमी तथा व्यवसायी, किसान र सरोकारवाला निकायले विरोध प्रदर्शनमा उत्रिएका छन् । अण्डा उत्पादक संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक शिवराम केसीको संयोजकत्वमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा आएका उद्यमी तथा किसानहरुले आफ्ना कृषि उपजहरु प्रदर्शन गरेका थिए । कृषि उद्यमीहरुले विभिन्न पर्चासँगै विभिन्न नारा लेखिएको पोष्टरहरु देखाउँदै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा आएका उद्यमी तथा किसानहरुले विदेशी लगानी चाहिँदैन स्वदेशी किसान मार्न पाइँदैन,स्वदेशी लगानीको संरक्षण गरी आत्मनिर्भर बनौं, राज्य किसान देख्दैन कृषि मैत्री ऐन लेख्दैन, कृषिमा विदेशी लगानी, स्वदेशी किसान कता जानी ?, सरकार के गर्दैछ स्वदेशी किसान मार्दैछ लेखिएका नाराहरु लिएर विरोध गरिरहेका थिए ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले दिगोपनामा आधारित आत्मनिर्भरमुखी खेती प्रणालीको संरक्षण गर्न, स्वदेशी साना लगानीकर्ता किसान र उद्योगीको संरक्षण गर्न र साना किसान उद्यमीको रोजीरोटी र जीविकोपार्जन साथै पर्यावरण असर पर्न नदिन कृषि क्षेत्रमा विदेशी लगानी आवश्यक नहुने भएकाले आन्दोलन उत्रिन बाध्य भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य