हिउँपहिरोमा बेपत्ता सरोजको शव भेटियो


पोखरा । अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा अघिल्लो महिना हिउँपहिरो खस्दा बेपत्ता ७ जनामध्ये एकजनाको शव भेटिएको छ । ट्रेकिङ गाइड सरोज परियारको शव भेटिएको हो । उनले चिनियाँ टोली लिएर गएका थिए । सरोजका दाजु र आफन्तले उद्धार सामग्र्रीसहित निरन्तर खोजी गरिरहेका थिए ।
यसअघि, टान र अन्य उद्धार टोलीले धेरै पटकसम्म प्रयास गरे पनि हिउँ पर्न नरोकिएका कारण त्यसै फर्किएको थियो ।
शव भेटिएको’bout प्रहरीलाई जानकारी दिइएको र शनिबार पोखरा ल्याइने टान पोखरा अध्यक्ष हरि भुजेलले बताए ।
गत ३ माघमा हिउँ पहिरोमा ३ नेपाली र ४ कोरियन गरी ७ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा कोरियन नागरिक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन तथा नेपालीतर्फ मीनबहादुर लामा र टिरिङ भोटे छन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित