Monday, May 17, 2021
Home प्रमुख ओलीले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु चुहाउँदैछन् : पुन

ओलीले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु चुहाउँदैछन् : पुन

,

अर्घाखाँची । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न केपी ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन् ।

पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले मन्त्रिपरिषदमा तीन वर्षसम्म लगातार प्रयास गर्दासमेत प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल तयार नभएको बताए । गृहमन्त्री बादलले घाइतेहरुले पाउँदै आएको जीवनवृत्ति भत्तासमेत खोसेको उनको भनाइ छ । ‘बादलजीले ७५ प्रतिशत बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो । ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धिखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें । हुन्छहुन्छ भन्दै काम गर्नुभएन । हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं । तीन वर्षसम्म घच्घच्याउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएनन्, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं ।’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेकै बेला बहिर्गमितहरुका लागि दुई लाख रुपैयाँको राहत प्याकेज घोषणा गर्दा अहिले ओली समूहमै रहेकाहरुले सर्वोच्च अदालतमा रिट दिएको र मुद्दा अझै फैसला नभएको पुनको भनाइ छ । आफूले मन्त्रिपरिषदमै २००७ सालदेखि झापा आन्दोलन, काँग्रेसको मुक्ति आन्दोलन, ०४६ सालको आन्दोलन, जनयुद्ध र १९ दिने जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने राख्दा अस्वीकार गरिएको पुनले बताए । तर, अहिले आफू कमजोर भएपछि गुटमा तान्न पीडितहरुप्रति नक्कली सहनुभूति नदेखाउन र विचलित मानसिकताका साथ उनीहरुको भावनामा टेको लाग्ने प्रयास नगर्न ओली समूहलाई आग्रह गरे ।

नेता पुनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अभिमतको अवहेलना गरेको भन्दै निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह र दलको आधिकारिकता तथा अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । ओलीसँगै केही मानिस पार्टीबाट बाहिरिएको भन्दै केन्द्रीय समितिका ४ सय ४१ मध्ये तीनसयभन्दा बढीको समर्थन प्राप्त प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा मुलधार भएको दाबी गरे । ‘केपी ओली जनताको अभिमतलाई लात हान्दै प्रतिगमनको मतियार बन्नुभयो, स्वेच्छाचारी र निरंकुश शैलीमा अघि बढ्नुभयो’, पुनले भने, ‘ओलीसँगै पार्टीबाट केही नेता र कार्यकर्ता बाहिर निस्किएर राम्रो भएको छैन, तर कहिले काहीं यस्तै हुनेरहेछ ।’

नयाँ दल दर्ताका लागि केन्द्रीय समितिको ४० प्रतिशत आवश्यक पर्ने प्रावधान निर्वाचन ऐनमा रहेको चर्चा गर्दै पुनले ४ सय ४१ मा १ सय जनाले ४० प्रतिशत नपुग्ने भएकाले ओली दलविहीन बन्ने दाबी गरे । ‘निर्वाचन आयोगले केपी ओलीको १५ सय १ जनालाई खारेज गरेको छ । हामीले छिट्टै चुनाव चिन्ह र आधिकारिक पार्टीको मान्यता पाउँछौं र पाउनैपर्छ’, पुनले भने, ‘असंवैधानिक विघटन सर्वोच्चले उल्ट्याउँछ, यो हाम्रो ठहर हो, विश्वास हो ।’

संविधानअनुसार एक संसददेखि अर्को संसदबीचको खाली समय ६ महिनाभन्दा एक दिन पनि हुन नपाउने स्पष्ट गर्दै पुनले वर्तमान कामचलाउ सरकारको आयु अब ९० दिन मात्र बाँकी रहेको बताए । तर, ओलीका मन्त्रीहरुले जनतामा ठूला सपना बाँडेको भन्दै उहाँले आफैंले चुनाव घोषणा गरेकाहरुले भनेका असंवैधानिक काम गर्न कर्मचारी तयार नहुने दाबी गरे ।

‘उहाँहरुले संविधान पढ्नुभएको छ कि छैन ? संविधानअुनसार एक संसददेखि अर्को संसद ६ महिना खाली गर्न मिल्दैन । पुसको ५ देखि संसद विकटन गरिएको छ । चुनाव हुने छाँट छैन । पुस पाँचदेखि असार ५ सम्म जम्मा ६ महिना हो आयु’, पुनले भने, ‘९० दिनको सरकार, ९० दिनको मन्त्रीले के गर्छ होला ? संसद पुर्नस्थापना हुन्छ, नयाँ प्रक्रियामा जान्छ । कामचलाउ सरकारले गरेका कामहरुको भोलि टेष्ट हुन्छ, भोलि जिम्मेवारी लिनुपर्छ । २० औंं जना रङ्गी बिरङ्गी मन्त्रीसँग काम गरेको अनुभव भएका, केके बाचा गर्ने मन्त्री, गैरकानूनी काम गर्ने, हर्कत गर्ने मन्त्री देखिसकेका छन् । अनि ९० दिने मन्त्रीले जे भन्यो त्यही गर्छन् ब्युरोक्रयाट्सहरुले ?’

आफ्नो पार्टी अहिले पुर्नसंगठित हुने अभियानमा रहेको चर्चा गर्दै पुनले दलाल तथा नोकरशाही पुँजी अन्त्य गर्दै समाजिक न्याय, स्वास्थ्य, शिक्षा, खाद्यान्न, आवाश र रोजगारीका हक सुनिश्चित गर्ने गरी समाजवादको आधार तयार पार्ने प्रतिबद्धता जनाए ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

साताका लोकप्रिय समाचार

सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकास चौपट : सपना आईजीपीको, रिटायर्ड डीएसपीमै

काठमाडौं । सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढ्दा ‘फ्रेस’ मा भर्ना भएका अधिकृतहरुमा नैराश्यता छाउँदै गएको छ । सशस्त्र...

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन । बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

ट्रेन्डिङ

कोरोनाविरुद्ध सार्क ऐक्यबद्धता

गत डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरस ‘कोभिड –१९’ को त्रास झ्नझन् बढ्दो छ । आइतबार साँझसम्म १ सय ४१ मुलुक...

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरेको लकडाउनले बन्द भएका उद्योग तीन चरणमा खोल्ने तयारी गरेको छ । कोरोना संक्रमणबाट...

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो...

उखु किसानलाई ४१ करोड भुक्तानी नगरी उद्योग बन्द

काठमाडौं । उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द गरेपछि उखु किसानले दसैंअधि नै बाँकी भुक्तानी गर्नुपर्ने माग गर्दै आइतबार किसानले संसदीय...

होम आइसोलेसनमा बस्दा के केमा ध्यान दिने ?

केही दिनअघिसम्म पिसिआर रिपोर्ट पोजेटिभ आयो भने कोरोना भाइरस संक्रमितलाई अस्पतालमा राख्ने गरिएको थियो । तर, अहिले अस्पताल भरिँदै गएपछि होम आइसोलेसनको चर्चा चलेको...

तालीको तरंग

भनिन्छ, राजनीति भ्रम र अफवाह फैलाउने खेल पनि हो । आर्थिक वर्ष २०७७-७८ को बजेट भाषणमा प्रशासनिक खर्च घटाउने उपायहरू भनी विभिन्न विषय उल्लेख...

सप्तरीका सबै आइसोलेशन केन्द्र खाली, १३ संक्रमित होम आइसोलेशनमा

राजविराज । सप्तरी जिल्लामा कायम रहेका ५ आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा...

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक...

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४...

चुनावमा १० सिट जितेर देखाउन दाहाल नेपाललाई ओलीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको...

मलेसिया हिँडेका इटहरीका युवराज महिना दिनदेखि बेपत्ता

इटहरी । वैदेशिक रोजगारीको लागि मलेसिया हिँडेका इटहरीका एक युवक महिना दिनदेखि बेपत्ता भएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ तरहरा बस्ने ३३ बर्षीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)