थप १०५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३०८ जनाको स्वास्थ्य परीक्षण गर्दा ४१ महिला र ६४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९५९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ ।

अहिले देशभर २ हजार ५९४ सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार २९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा