टेबल टेनिसको एकेडेमी सञ्चालन

काठमाडौं । काठमाडौस्थित खुुसिबुमा स्ट्याग च्यम्पियन टेबल टेनिसको एकेडेमी सञ्चालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल टेबल टेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

एकेडेमीको सञ्चालक नविता श्रेष्ठले धेरै अगाडिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताइन् । ‘१३औं साग पश्चात खेलाडी भन्दा पनि प्रशिक्षकको भूमिकामा आफूलाई उभ्याउने सोच बनाएको थिए । त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हो ।’ नविताले भनिन्, ‘कतिपय राम्रा खेलाडीहरू आर्थिक अभावका कारण बिचमै खेल छोड्नुपर्ने अवस्था देखिएको छ, अव त्यसलाई यस एकेडेमीले पूर्ति गर्नेछ ।’

एकेडेमीमा हाल ६ टेबल टेनिस बोर्ड रहेको छ । ११ जना एकेडेमीमा भनाए भइसकेका छन् । एकेडेमीलाई विश्वको चर्चित ब्रान्ड स्ट्यागले टेबल टेनिसका सामग्रीमा छुट दिनेछ । नविता स्ट्यागको ब्रान्ड एम्बासडर पनि हुन् । एकेडेमीमा तत्कालका लागि नवितासँगै राकेश महर्जन र एलिना महर्जन प्रशिक्षकको रूपमा रहेका छन् । एकेडेमी करिव ३५ लाख लागतमा निर्माण गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एकेडेमी संचालन गरेकोमा शुभकामना प्रदान गर्दै खेल जीवन पश्चात खेलाडीहरुले भविष्यको सुनिश्चितता नहुनुका कारण बिचमा नै खेल छोड्ने अथवा खेलमा उच्चता प्रदर्शन गर्न नसकेको बताए । उनले नविताले अन्य जीवनयापनको मार्ग नखोजी आफ्नै खेल क्षेत्रमा लगानी गरी जीवनयापन लगायत खेल क्षेत्रको विकासमा लाग्ने जुन कदम उठाएको छिन् त्यसका लागि नविता लगायत परिवारलाई धन्यवाद प्रदान गरे ।

नेपाल टेबलटेनिस संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाडांै र ललितपुरमा पनि एकेडेमी रहेको र सबैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्नेनै हो भन्दै एकेडेमीको उद्देश्य प्राप्तिका लागि शुभकामना प्रदान गरे ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट