Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ३ पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

,

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ’, मौसमविद् अर्यालले भने ।

पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

साताका लोकप्रिय समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

वैशाख ११ मा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

ट्रेन्डिङ

कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमणकाे संख्या ७९ पुग्याे

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान...

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी...

धनुषामा डीजे बाजा बजाउन रोक

जनकपुरधाम । धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न खलल...

वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारीक रुपमै विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरुमा पनि परेको छ । प्रतिनिधि सभा विघटन भएपछि नयाँ राजनीतिक अवस्था सिर्जना...

लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ ।...

प्रचण्ड र नेपाल नसम्हालिए ओलीले कार्वाही गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहलाई अझै पनि सम्हालिएर आउन आग्रह गरेका छन् । बिहीबार दिउँसो...

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका...

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको...

पाल्पाको रानिमहलमा प्रेमजोडी

पाल्पा । आज प्रणयव दिवस यस क्षेत्रका प्रेम जोडिहरुलाई पाल्पाको रानीमहल दरबार एक गन्तव्य बनेको छ । प्रेमको पहिचान दिने दरबार भएकाले...

संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

मलङ्वा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा...

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक...

नेपाल–भारतबीच सम्बन्ध सुधारको संकेत

रअका अध्यक्ष सामन्त गोयल र प्रधानमन्त्री केपी शर्माओलीको भेटलगत्तै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीच दुई देशीय सम्बन्धमा सुधारको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)