टी–२० मा सन्दीपको १०० विकेट पूरा

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले टि–२० मा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा सन्दीपले मलेसियाविरुद्धको खेलमा विकेट लिँदै सय विकेटको आँकडा भेट्टाएका हुन् । थाइल्यान्डको बैंककमा मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । यो विकेटसँगै सन्दीपले टी–२० क्रिकेटमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन् ।

मलेसियाविरुद्ध तेस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बल डट राखेका थिए । त्यसपछिका लगातार दुई बलमा २ विकेट हात पार्न सफल भए । दोस्रो बलमा विरेन्दर दीपलाई आउट गरे । त्यसपछि क्रिजमा आएका कैजर हायातलाई पनि उनले खातानै खोल्न नदिइ पभेलियन पठाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल