Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थसाढे २ करोड नेपालीको हातमा इन्टरनेट

साढे २ करोड नेपालीको हातमा इन्टरनेट

कोभिड–१९ पछि प्रयोगकर्ता बढे

,
sharethis

काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ ।

कोभिड–१९ पछि मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाख बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेका छन् । एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा ७७ वटै जिल्लाका ६२० स्थानीय तहसम्म पुगिसकेको पनि अधिकारीले जानकारी दिए ।

टेलिकमले फाइबर टु द होम एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले हालसम्म १ लाख १५ हजार ग्राहक पुगिसकेको बताइएको छ । कोभिड–१९ पछि मात्र मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाखले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

सूचना प्रविधिको माध्यमबाट काम गर्ने परिपाटी बढेको र ११ चैत २०७६ को बन्दाबन्दीपछि धेरैजसो कार्यालयको काम घरबाटै गर्न थालिएपछि नेपालमा इन्टरनेटको प्रयोगकर्ता बढेको बुुझाइ प्राधिकरणको छ ।

गत वैशाखमा इन्टरनेट प्रयोगकर्ता ३ लाख ६ हजार घटेका थिए । यो समयमा मोबाइलबाट इन्टरनेट चलाउने फोरजी प्रयोगकर्ता पनि ३ लाख घटेका थिए । लकडाउन लम्बिँदै गएको र घरमै बसेर काम गर्ने, कार्यालयदेखि विद्यालयको काम पनि अनलाइनबाटै गर्न थालिएपछि भने ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता हरेक महिना बढ्दै गएका थिए ।

हाल मोबाइलबाटै टेलिकम र एनसेल र स्मार्टसेलबाट फोरजी चलाउने प्रयोगकर्ता ६३ लाख ३२ हजार छन् । यसमध्ये एनसेलका प्रयोगकर्ता ४० लाख ८२ हजार छन् । बाँकी २ लाख प्रयोगकर्ता स्मार्ट टेलिकमका छन् । थ्रीजी प्रयोगकर्ता भने १ करोड ११ लाख ६ हजार ५ सय ५२ छन्, जसमा नेपाल टेलिकमका ८४ लाख ३२ हजार, एनसेलका २६ लाख ७४ हजार छन् । नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता जडान संख्या नै ९ लाख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखमा ७२ प्रतिशत, जेठमा ७३ प्रतिशत, असारमा ७४ प्रतिशत, साउनमा ७६ प्रतिशत, असोजमा ७८ प्रतिशत हुँदै कातिकसम्ममा ८० प्रतिशत ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता पुुगेका छन् ।

महँगो मोबाइल इन्टरनेट
विश्वमा महँगो मोबाइल इन्टरनेट प्रयोगकर्ता नेपालमै रहेका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)को मोबाइल डेटा तथा भोइसको मूल्यसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार विश्वका १८३ देशमध्ये नेपाल १११औं स्थानमा पर्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कहिले पूरा होला सेती राजमार्ग ?

दक्षिण एसियाली मुलुकमा सबैभन्दा महँगो मोबाइल डेटा भएको देशको सूचीमा दोस्रो स्थानमा नेपाल पर्छ । नेपाल अघि अफगानिस्तान छ, जहाँ मोबाइल डेटा प्रयोगकर्ताले प्रतिव्यक्ति आम्दानीको ९.२ प्रतिशतसम्म खर्च गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया

(Visited 277 times, 1 visits today)

आजको समाचार

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

साताका लोकप्रिय समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

ट्रेन्डिङ

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१...

लोकसेवा प्रश्नाेत्तर : प्राविधिक शिक्षा सेवाको नमूना परीक्षा

  प्राविधिक शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी, प्राविधिक सहायक (प्रा.स.) पदको खुला प्रतियोगितात्मक नमुना परीक्षा सेट–४ मिति : २०७८।०२।१६ कि–बी पूर्णांक : १०० विषय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)