एउटाले हेर्न काम लाग्छ
आँखा लान्छु भन्यो
अर्कोले लुट्न काम लाग्छ
हात लान्छु भन्यो
र, अर्कोले भाग्न काम लाग्छ
खुट्टा लान्छु भन्यो ।
भर्न जानेनन् कसैले
रित्याउनमात्रै जाने
जोड्न जानेनन् कसैले
चुँड्नमात्रै जाने
हँसाउन जानेनन् कसैले
रुवाउनमात्रै जाने
मिल्न जानेनन् कसैले
झगडा गर्नमात्रै जाने ।
एउटाले सोच्न काम लाग्छ
गिदी लान्छु भन्यो
अर्कोले पिउन काम लाग्छ
रगत लान्छु भन्यो
र अर्कोले सूप बनाउन
काम लाग्छ
हाडखोर लान्छु भन्यो ।
तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)







