Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिए : ऊर्जामन्त्री रायमाझी

अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिए : ऊर्जामन्त्री रायमाझी

,

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताए ।

‘हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ’, मन्त्री रायमाझीले भने, ‘स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ ।’ उनले अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रुतस्तरमा काम भइरहेको जानकारी दिए ।

उनले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको उनको भनाइ थियो । उनले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताए । ‘समय कठिन छ अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई अग्र्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताए । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उनको सुझाव थियो ।

मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बुँदे श्वेतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिँदो परिवेशअनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सौर्य ऊर्जाको क्षेत्र व्यापक भएको र कतिपय नीतिगत अप्ठ्यारोले काम गर्न कठिनाइ भएको बताए । उनले ऐन बनाएर नै वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि काम अगाडि बढाइएको समेत जानकारी दिए ।

सौर्य विद्युुत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य व्यवसायीले महत्वपूर्ण योगदान रहेको जनाउँदै राज्यले नीतिगत सहजतामार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिए । सङ्घलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको सङ्घका महासचिव भरतकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार साधारणसभामा देशभरका ६० जना सौर्य उत्पादक व्यवसायीको सहभागिता थियो ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

साताका लोकप्रिय समाचार

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

ग्रामीण पर्यटन विकास र सम्पदा संरक्षण

पर्यटन शब्द फ्रेन्च शब्द ‘टुरिज्मे’बाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक...

ट्रेन्डिङ

भारतको मध्य प्रदेशका नौ जिल्ला कोरोनामुक्त घोषित

भूपाल । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले...

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।...

बाल विकासलाई स्वर्ण

काठमाडौं ।  आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ । बाल...

जनरल इन्सुरेन्सको आइपीओ खुल्यो, मेरो शेयरमा समस्याले भर्न तनाब

काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आइतबार ११ असोजबाट आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी...

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५...

८० करोड लगानीमा बनेको काठमाडौ–गोसाईंकुन्ड पैदलमार्ग सुचारु गर्न के गर्नुपर्छ ?

तराइका फराकिला फाँट, त्यस्तै फराकिला पहाडका छाती र माथि उत्तरैभरि फैलिएका हिमाली शीर र जहाँबाट जता उकालो लागे पनि पदयात्रा सुरु भइहाल्ने भुगोल ।...

धनकुटाका सांसद दम्पतीले जिते कोरोना

धनकुटा । धनकुटाका कोरोना संक्रमित प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ दम्पती आजबाट कोरोना मुक्त भएका छन् । सांसद श्रेष्ठसँगै उनका श्रीमान नयनले पनि २४...

कोरोना जितेर फर्किनेलाई टोलबासीको स्वागत

मोरङ ।  २१ दिनको आईसोलेशन बसाईपछी कोरोना जितेर घर फर्किन पाउँदा विराटनगर-१२ का किशोर धमला हर्षिद थिए । जब घर पुगे उनको खुशिको सीमा...

लाइपजिग अपराजित

म्युनिख । आरबी लाइपजिगले आफ्नो अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिँदा सोमबार राति जर्मन बुन्डेस लिगामा एफसी कोल्नमाथि सहज जित निकालेको छ । लाइपजिगले...

प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी हो : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आज विशेष...

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

सिञ्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट...

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)