‘लकडाउन–१२०’ विमोचित

पोखरा । पत्रकार राजाराम पौडेलले गीति पुस्तक संग्रह ‘लकडाउन–१२०’ श्रोतामाझ ल्याएका छन् । पोखरा थियटरद्वारा आयोजित एक समारोहमा शनिबार वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइराला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, स्रष्टाकी छोरी आहानाले संयुक्त यो संग्रहको रूपमा विमोचन गरे ।

प्राज्ञ कोइरालाले स्रष्टाको पहिलो प्रयासप्रति बधाई दिँदै साहित्यिक क्षेत्रमा एउटा इँटा थपिएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठान पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, पत्रकार महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, गीतकार आरजु विष्ट सल्यानी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, साहित्यकार रूपीन्द्र प्रभावी कटु, रेशम गिरी, पोखरा थियटर अध्यक्ष परिवर्तनलगायतले लकडाउनमा समयको सदुपयोग गर्दै कृति पाठकसमक्ष ल्याएकोमा बधाई दिए । सो कृतिको समीक्षा जीवन सागर भण्डारीले गरेका थिए ।

बीएन पुस्तक संसारको प्रशासनमा निस्केको सो कृतिको भाषिक शुद्धता तथा सम्पादन विजय नेपाल र रूपीन्द्र प्रभावी कटुले गरेका हुन् । कृतिमा १ सय २० वटा गीत, गजल, कविता, रोइला, दोहोरी समेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर