Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ६ भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

,

बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए ।

उनले भने, ‘घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।’ डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’ लगायतका नमूना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने, ‘शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।’

शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने, ‘रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ ।’

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए ।

उनले भने, ‘वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझने कुरै हुँदैन’, माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन

प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उनले भने, ‘दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।;

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।

किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छ । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए ।

सङ्घर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि -यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ । रासस

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

साताका लोकप्रिय समाचार

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव...

एभरेस्ट ग्यासले चीनबाट ४५ सय अक्सिजन सिलिन्डर ल्याउने

काठमाडौं । हाल खाना पकाउने एलपी ग्यासको कारोबारमा संलग्न निजी कम्पनी एभरेस्ट ग्यास उद्योगले चीनबाट ४ हजार ५ सयवटा अक्सिजन ग्यासका सिलिन्डर ल्याउने भएको...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

ट्रेन्डिङ

कोरोना संक्रमित युवकको सम्पर्कमा रहेका ३० जनाको रिपोर्ट नेगेटिभ

बैतडी । बैतडीको पाटन नगरपालिका ८ का ३१ बर्षीय कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पाटन...

आरजुलाई हराएका नेता ओझा समुहको भेला

धनगढी। पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझा समर्थक समुहले उनीमाथिको कारबाही निर्णय नसच्याइए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ...

राखेपको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषद्का उपाध्यक्ष शिव कोइराला...

नेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका ३...

औषधि चाहियो फोन गर्नुस् घरमै आइपुग्छ

काठमाडौं । बालाजु क्षेत्रमा कसैलाई औषधि, मास्क र सेनिटाइजर चाहिए फोन गर्नुस् घरमै आइपुग्छ । मास्क र सेनिटाइजर घरलु उत्पादन हुन् । यो सेवा...

सिरिया युद्धमा ३ लाख ८४ हजारको मृत्यु

बेरुत । सिरियामा जारी युद्ध नवौं वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्चमा सुरु भएको गृहयुद्धका कारण १ लाख १६ हजार सर्वसाधारणले...

सरकारी अस्पतालप्रति अविश्वास बढ्दो

काठमाडौं । सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नसक्दा निजीमा धाउनुपर्ने अवस्था आएको भन्दै संसदीय समितिले ध्यानाकर्षण गराएको छ । संसद्को शिक्षा तथा...

जाजरकोटमा खानाको अभावमा एक जनाको मृत्यु

जाजरकोट । गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको...

निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी

काठमाडौं । महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । लकडाउन अवधिमा हृदयघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन एम्बुलेन्स...

काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा नौ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...

विचरा ! वीरे

‘हैन वीरे, के भो तँलाई आज ? निकै सोच्दैछस्,’ झोक्रिरहेको साथीतिर हेर्दै जुँगेले सोध्यो । उसको मनभित्र कुतुहल मच्चिरहेको छ । ठर्राको चोपमा उसका...

गोंगबु हत्या : शव ब्यवस्थापनका लागि टुक्रा टुक्रा पारेकी थिइन् कल्पनाले

काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका–७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)