Saturday, May 15, 2021
Home अन्तराष्ट्रिय उत्तराखण्डमा हिमपहिरो : १८ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

उत्तराखण्डमा हिमपहिरो : १८ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

,

ऋषिकेश । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ । ‘यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,’ मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए । उनले भने, ‘झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।’

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् । सामाजिक संजालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरु पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तिब्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरु देखिएका छन् ।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे । ‘हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन ।’

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् ।
सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो ।

वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन समस्या निम्त्याएको बताए ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

ट्रेन्डिङ

‘काले केटो–२’ दर्शकलाई मन प-यो

काठमाडौं । गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत ‘काले केटा २’ अहिले नेपाली संगीत बजारमा चर्चाको विषय बनेको छ । युट्युबबाट सार्वजनिक भएको...

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य...

मुलुकमा सक्षम नेतृत्वको आवश्यकता

डा. देवीप्रसाद आचार्य हाम्रो देशको जननिर्वाचित सरकारका कार्यशैलीबाट नागरिक किन सन्तुष्ट हुन सकेनन् ? के साँच्चै नेपाली समाजलाई राज्यको आलोचना गर्ने बानी नै बसेको...

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

भद्रपुर । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

सिमानामा निगरानी राख

कोरोना महामारी संक्रमणको दोस्रो लहर बढ्दै गर्दा सर्वोच्चमा जनस्वास्थ्यको विषयलाई लिएर एक रिट निवेदन दर्ता भएपछि सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न भन्दै सर्वोच्च...

पुजारी मारिएको ठाउँमा सांसद साहले मन्दिर बनाउने

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन्...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका...

आजको आवाज: परिष्कृत लोकतन्त्र

महात्मा गान्धीले भनेका छन्, ‘सुरुमा उनीहरूले तिमीलाई ध्यान दिने छैनन् । फेरि उनीहरू तिमीमाथि हाँस्नेछन् । फेरि उनीहरू तिमीसँग लड्नेछन् । अनि त्यसपछि तिमी...

सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागि एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरीपुर्वा नगरपालिका वडा नं. ३ धनकौल बस्ने अन्दाजी ५५ वर्षीय वृद्ध...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)