दैलेखमा १४ सय भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, संक्रमणको दर शुन्य

पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउँदै दैलेख स्वास्थ्य कार्यालयका एक कर्मचारी ।

दैलेख । दैलेख जिल्लामा पहिलो चरणमा १ हजार ४ सय ८६ जनाले ‘कोभिशिल्ड’ खोप लगाएका छन् । जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

नेपाल सरकारको लक्ष्य अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । पहिलो चरणमा खोप लगाउनेमध्ये ८ सय ८६ जना महिला र ६ सय जना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए ।

‘जिल्ला कारागार रहेका कैदीबन्दीलाई समेत कोभिशिल्ड लगाएको र दोस्रो चरणको खोपका लागि जिल्लामा परिपत्र आएको छैन’, उनले भने । त्यसैगरी कोरोना संक्रमणको दैनिक २ सयदेखि ५ सय जना संक्रमित हुने दैलेखमा पछिल्लो समय कोरोना संक्रमित हुने संख्या शुन्यमा झरेको छ ।

जिल्लामा कोराना संक्रमितको संख्या १ हजार ४ सय ९८ जना रहेको थियो । कोरोना संक्रमितबाट दैलेखमा हालसम्म ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित दैलेख आठविस नगरपालिका १ पुरुषमा संक्रमणको पुष्टि भएको थियो । दैलेखमा कोरोनाका बिरामीको दर शून्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका