आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ ।
यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए ।

मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए ।

अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायमा पठाएको बताइएको छ । यसअघिका महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभाग नेतृत्वविहीन थियो ।

तपाइको प्रतिक्रिया
(Visited 537 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक