स्याङ्जा । नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाइकलबाट विश्व भ्रमण गर्ने भने थाहा पाइएको खबर सुनिएको छैन । मोटरसाइकलबाट विश्व भ्रमण गर्ने शाहस स्याङ्जाका एक युवकले देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाइकलमार्फत हिँड्ने लक्ष्यका साथ स्याङ्जाबाट युव बिदाई भएका छन् ।
वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईंटेल विश्व मोटरसाइकल यात्रामा शनिबारबाट निस्किएका छन् । जिल्लाका ११ स्थानीयतहसगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल शनिबारबाट औपचारीक रुपले आफ्नै नगर वालिङ नगरपालिकाबाट बिदाई भएका छन् । उनलाई वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधिनी, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो ।

लुईंटेलले विश्व मोटरसाइकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाएका छन् । नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेल पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय निकाय, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको बिदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलासा लिएका छन् । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमणबर्ष लाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्थ छन् ।
मुलुकलाई समृद्धि बनाउने सरकारको योजना छ यात्री लुईटेलले भने, ‘सबै स्थानीयतहले देशलाई समृद्धि बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिने छु । देशमा पर्यटकीय सम्भावनाको खोजी गरी त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचारप्रसार गर्ने मेरो अर्को लक्ष्य हो’, लुईटेलले भने ।
सबै समस्याको समाधान गर्दै मेरो यात्रा पुरा हुने आशामा लुईटेल रहेका छन् । लुईटेलको विदाईमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले भ्रमण बर्ष २०२० को लोगो अंकित वालिङ नगरपालिका लेखिएको सानो मायाको चिनो दिएर मोटरसाईकल यात्री लुईटेललाई विदाई गरेका छन् । लुईटेलले सबै स्थानीयतहमा पुगेर सो मायाको चिनो प्रदान गर्ने छन् नगर प्रमुख खाँणले भने, ‘विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहका छौं । आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्राले नगरले गर्भको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडी बढ्नु शुभकामना छ’ खाँणले भने । यात्रा अवधीभर वालिङ नगरपालिका साथमा रहने प्रतिवद्धता प्रमुख खाँणको थियो ।
लुईंटेलको मोटरसाईकल मार्फत विश्व यात्रा गर्ने अवसरले नीजि क्षेत्रलाई निकै उत्साही बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले बताए । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किएका लुईटेलको विश्व भ्रमण गर्ने कार्यले पर्यटन क्षेत्रमा सफलता हासिल गर्ने उनले बताए । स्याङ्जाबासिको मात्रै नभएर देशकै लागि गौरव हो भन्ने नीजिक्षेत्रको बुझाई रहेको पौडेलले बताए । सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरी सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना लुईटेलको छ ।
समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भन्ने उद्देश्य बोकेर आफु विश्व यात्रामा निस्किएको उनको भनाई छ । मोटरसाईकल यो यात्रामा मेरो साथी हुने र यै साधनको प्रयोग गरि देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको ’boutमा जानकारी दिने लुईटेलले बताए । अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाईकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलो मिटर यात्रा गरेका थिए । यसलाई बढाएर दश वर्ष भित्रै ८ लाख किलोमिटरको यात्रा पार गरेर रेकर्ड तोडेर गिनिज बुकमा नेपाल आफ्नो नाम दर्ज गर्ने लक्ष्य लिएका छन् । नेपाललाई विश्वसामु सगरमाथाको देश , गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सबैले सहयोग र्न लुईटेलले आग्रह गरेका छन् ।






