भागरथी हत्याका अभियुक्त उनी अध्ययनरत विद्यालयकै विद्यार्थी, ११ बजे सार्वजनिक गरिने

काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी आज विहान ११ बजे पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्ने व्यक्ति भागरथी अध्ययनरत सनातन माविमै ११ कक्षामा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट हुन् । उनी भागरथीका छिमेकीसमेत हुन् । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव २२ माघमा खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो े । विद्यालयबाट फर्कने क्रममा उनको हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी डलरको मूल्य बढेको बढ्यै