पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

Juventus' Cristiano Ronaldo gestures during warmup before the Champions League round of 16, first leg, soccer match between FC Porto and Juventus at the Dragao stadium in Porto, Portugal, Wednesday, Feb. 17, 2021. (AP Photo/Luis Vieira)

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर गरेपछि युभेन्टस दवावमा परेको थियो । घरेलु लिगमा समेत युभेन्टसले राम्रो नतिजा निकाल्न नसकिरहेको बेला आजको खेलमा पनि रोनाल्डोको जादु चल्न सकेन । अब युभेन्टसले अर्को लेग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा सेभिया आफ्नै घरेलु मैदानमा डोर्टमण्डसँग स्तब्ध बन्न पुगेको छ । पहिलो हाफको सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको सेभियालाई पहिलो हाफमै लगातार तीन गोल गर्दै डोटमण्डले एक गोलका विरुद्ध तीन गोलको फराकिलो जीत निकालेको हो । अब डोर्टमण्डले अर्को लेग आफ्नै घरेलु मैदानमा सेभियासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन