Sunday, April 18, 2021
Home अर्थ नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

कृषि उत्पादन, बजारीकरण र अनुसन्धान समेत गर्ने

,

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको लगानीमा राष्ट्रिय खाद्य बैक लिमिटेड स्थापना भएको हो । राष्ट्रिय खाद्य बैकका अध्यक्ष शंकर नाथ उप्रेतीले २ अर्ब लगानीमा खाद्य बैंक स्थापना गरेको जानकारी दिए । उनले कृषिमा देशलाई आत्मनिर्भर बनाउने, गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उद्देश्य बैंकको रहेको बताए ।

उनले देशभर ७७ ओटै जिल्ला र प्रदेशहरुमा कृषि उत्पादन र बजारिकरणमा गर्ने उद्देश्यले बैंक स्थापना गरेको बताए । बैंकले उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य लिएको छ । अध्यक्ष उप्रेती भन्छन् ‘कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिइने छ ।’ कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैकले काम गर्ने उनको भनाई छ । बैंक आफैले खाद्यन्ह, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादन गर्ने पनि बताए । बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धान समेतका कार्य गर्ने जानकारी दिए ।

अध्यक्ष उप्रेतीका अनुसार देशभरका किसानहरुसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ । सोही अनुसारको कार्य सुरु पनि गरेको छ । बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । यस बंैकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ ।

ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको उनको भनाई छ । हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५००० विघा किसानका जमिनहरुमा सहर्काय गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ ।

दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्य यो बंैकले सहकार्य गर्दछ । अध्यक्ष उप्रेतीले भने,‘हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । १५ चैत्रमा बैकको नयाँ वानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको प्रधानमनत्रीज्यू मार्फत उद्घाटन गर्ने र २०७८ वैशाख भित्र सबै प्रदेश कार्यलयको उद्घाटन गर्ने गरी तयारी गरिरहेको उनले जानकरी दिए ।

धान विज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती वीज्ञ प्राडा चन्द्र प्रकास पोखरेल, गहूँ विशेषज्ञ डा मदन भट्ट, पशुपक्षीं विज्ञ डा बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका वीज्ञहरुको समेत यो बैंकमा सहभागीता रहेको बताए । उनले बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका जानकारी दिए । साथै उनले २ सय जना कृषि प्राविधिकहरु पनि यो बैकमा संग्लन रहेको बताए । त्यसैगरी उनले यो बैकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ काम अघि बढाएको जानकारी दिए ।

(Visited 226 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

बजार महँगी बढ्दो

काठमाडौँ । पछिल्लो समय बजार महँगी उकालो लागेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिना उपभोग्य वस्तुको बजार महँगी ३.०२ प्रतिशतले बृद्धि भएको...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

भोलिबाट उपत्यकामा जोर–बिजोर प्रणाली हटने

काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि जोर–बिजोर...

सिरी ‘ए’ जुलाईमा सकाउने योजना

लन्डन । इटालियन फुटबल महासंघ (एफआईजीसी)ले इटालियन सिरी ‘ए’ लिग जुलाई पहिलो साता सकाउने योजना बनाएको छ । एफआईजीसीका अध्यक्ष गाब्रियल ग्राभिनाले २० मेबाट...

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर...

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा...

दिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अनौपचारिक क्षेत्र...

युभेन्टससँग सासुओलो पराजित

रोम । इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै साबिक विजेता युभेन्टस यो सिजनमा चौथो...

आन्तरिक उडान खुलाउने तयारी, घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्...

२५९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण...

राराको सौन्दर्य निखादै नेपाली सेना

मुगु । बिश्वभर फौलिएको कोरोना भाईरसका कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटक आउन थालेका छन् । यहि बेला नेपाली सेनाले...

मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक

सर्लाही । सर्लाहीको मल‌ंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)