घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियारका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ