विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय रामनाथ मण्डल छन् । आर्दश उपनाम रहेका मण्डल चन्द समूहका सप्तरी जनसत्ता प्रमुख हुन् ।

यस्तै चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल पनि पक्राउ परेका छन् । शुक्रबार साँझ पक्राउ परेका उनीहरु ’bout शनिबार प्रहरीले सार्वजनिक गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि उनीहरुलाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ ।

पक्राउ परेकाहरुका साथबाट चन्दा माग्न धम्की दिँदै प्रयोग गरिएको तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषमा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल किसान महासंघ केन्द्रि समिति लेखिएको पर्चा, नेकपा चन्द समूह सप्तरीको पर्चा, यूवा संगठन नेपाल लेखिएको साधारण सदस्यता रसिदको ठेली, जनविद्रोह तथा बिर मधेशी नामक पुस्तकललगायतका सामग्रि बरामद भएको तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।

चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि आफ्नो दलमाथीको प्रतिबन्ध हटाउनु पर्ने, गिरफ्तार नेता कार्यकर्तालाई रिहाई गर्नुपर्ने लगायतका सर्तराखी वार्ताप्रति सकारात्मकता देखाएको समयमा सोही पार्टीका कार्यकर्तालाई पक्राउ गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो