Wednesday, April 14, 2021
Home Editor-Picks राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

चारवटा फर्मविरुद्ध ४० करोडको मुद्दा

,

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गर्नेक्रम बढे पनि राजस्व छली गर्नेहरू निरुत्साहित हुन सकेका छैनन्

त्यसैगरी, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक कुमार गुप्तासँग २५ करोड ८० लाख ६५ हजार ४ सय २३ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्र्सन तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्विकारेको छ ।

यसअघि विभागले गत माघको अन्तिम साता मात्र विभिन्न ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको थियो । त्यसको केही साता नबित्दै पुनः विभागले करिब ४० करोड रूपैयाँभन्दा बढीको मुद्दा दायर गरेको हो । अनुगमन एवं विशेष सुराकीको आधारमा एकैपटक यतिधेरै राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारी बाहिर ल्याएको विभागले जनाएको छ ।

राजस्व छलीमा समलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेट्टिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरण तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

साताका लोकप्रिय समाचार

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

संकटा क्लब आहा ! रारा गोल्डकपको च्याम्पियन

पोखरा । आहा ! रारा गोल्डकप–२०७७ को उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा ४–२...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

दाहाल–नेपाल समूहले लेख्यो नोट अफ डिसेन्ट

उदयपुर । जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन कार्यक्रम सम्बन्धमा सर्बपक्षिय तथा सर्बदलीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित...

बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

बझाङ । भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका...

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४...

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर...

आज होली : रङ, प्रेम र सत्यको पर्व

हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई मार्न अग्निनजिक जाँदा आफंै जलेर नष्ट भएकाले असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू...

अभिनेत्री रिश्ता भारतीय म्युजिक भिडियोमा

काठमाडौं । अभिनेत्री रिश्ता बस्नेत एउटा भारतीय गीतको म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् । उनले सो म्युजिक भिडियोमा भारतीय मोडल मञ्जुल खट्टरसँग अभिनय गरेकी...

कोरोना भाइरसको सन्त्रास : भारतबाट फर्किने नेपालीको लर्को

धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन...

चेल्सी चौथो स्थानमा

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा न्यूक्यासल चेल्सीले युनाइटेडलाई २–० ले पराजित ग-यो । यो जीतसँगै चेल्सी प्रिमियर लिग फुटबलको अंक...

डा. निरजलाई गजल प्रतिभा पुरस्कार

पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक गजलकारलाई हरेक वर्ष...

प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण भइरहेको छ । नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको...

५० विधामा स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं । पछिल्लो समय सांगीतिक चहलपहल बढेको छ । यसैक्रममा काठमाडौंमा एक समारोहबीच ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ आयोजना गरिएको छ । टच इन्टरटेन्मेन्ट, स्पर्श...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)