Wednesday, April 14, 2021
Home सौजन्य पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

,

प्रिय कमरेड परिवर्तन जी
क्रान्तिकारी लाल सलाम ।
आराम छु आरामै चाहन्छु ।

विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले पनि हामी मोर्चाबन्दी युद्धमा अगाडि बढिरहेका छौं । जनमुक्ति सेनाले जहाँ हुन्छ त्यही, जतिबेला हुन्छ त्यतिबेला मोर्चा कसेर लड्ने क्षमता विकास गरिसकेको छ ।

राजनैतिक र फौजी हिसावले पनि संकटमा पर्दै गईराखेको प्रतिक्रियावादी सत्तालाई अझ ठूलो सैन्य धक्का दिने तयारी भइरहेको बारे अस्तिको भेटघाटमा पनि छलफल भएकै थियो । यो धक्कामुलक फौजी आक्रमणको निम्ति हाम्रो जिल्लाले विशेष कार्यभार पूरा गर्नुपर्ने भएको छ ।

यसक्षेत्रको विशेष डिभिजन र पश्चिम डिभिजन हाम्रो जिल्लामा केन्द्रित भइसकेको छ । हामी सबै व्यवस्थापनमा लागिराखेका छौं । जनमुक्ति सेनाको एउटा फोर्स प्रेमगाउँ(बाफुखोला)मा केन्दित भईरहेको छ । त्यहाँ इन्चार्ज कमरेड शौरभले सम्पूर्ण व्यवस्थापन गरिरहनु भएको छ ।

एउटा फोर्स सन्देशगाउँ (कोटमौला) मा केन्द्रित भइरहेको छ । त्यहाँ सह–इन्चार्ज कमरेड प्रकाण्ड सिंह हुनुहुन्छ । पश्चिम डिभिजनको सबैभन्दा ठूलो फोर्स धनगाउँ (चलचौर) र सूर्यगाउँ (दार्माकोट) र मधुगाउँ (ढाकाडाम) को विभिन्न सेल्टरहरूमा जम्मा भइसकेको छ । यहाँ म आफै व्यवस्थापनमा लागेको छु ।

यसपटकको मोर्चा दुई तीन दिन पनि हुन सक्छ । एक हप्तासम्म भए पनि लड्ने भन्ने स्प्रिट छ । त्यही अनुसार हामी सबै तयारीमा लाग्नु पर्ने भएको छ ।

त्यो एरियाबाट ५० जना जनमिलिसियाको सेलेक्टेड फोर्सलाई भोलि १२ बजेभित्र हितैसीगाउँ (शिवरथ) मोडेल स्कुलको सम्पर्कमा पठाइदिनु होला । यो फोर्सलाई सबै हिसावले आत्मनिर्भर बनाएर पठाउनु होला ।

यो पत्रका साथ हिमाल डोग्राको कमाण्डमा जनमुक्ति सेनाको एउटा कम्पनी पठाइएको छ । यसको सम्पूर्ण व्यवस्थापन तपार्ईंले गर्नुहोला ।

मुख्यगरी सडक ब्लक गर्ने, एकठाऊँ हैन, कैयौं ठाउँमा ब्लक गर्ने योजना बनाउनु होला । २५ गते सदरमुकाममा रातभरी दुश्मनलाई ब्लक गर्ने र निस्कनै नदिने । त्यसपछि सबै बाटाहरू ब्लक गरेर बस्ने योजना बनाउनु ।

अग्ला डाँडाहरूमा पनि साना–साना टुकुडी राखि राख्नुहोला । दुश्मन माथिबाट आयो भने पनि डिस्टर्व गर्नु पर्ने हुन्छ ।
यदि दुश्मन आइहालेछ भने त्यता लड्दै गर्ने ।

एम्बुस, माइनिङ् र फायरिङ गरेर ब्लक गर्दै र यता खबर पनि पठाइहाल्ने गर्नुहोला ।

हिमाल डोग्रासँग व्यवस्थापनको लागि केही खर्च पनि पठाइदिएको छु । जनमुक्ति सेनालाई खानपिनको राम्रो व्यबस्था गर्नुहोला ।

अहिलेलाई यत्ति नै ।
उही डिसिएस अरुण

भण्डारीद्धारा लिखित हालै विमोचित पुस्तक ‘जनयुद्धको हस्ताक्षर’ को एक अंश ।

(Visited 110 times, 2 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

साताका लोकप्रिय समाचार

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

कोरोना रोकथाममा झनै बेवास्ता

काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा...

कोरोना संक्रमण झनै तीव्र

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र...

ट्रेन्डिङ

प्रधानमन्त्री आज डिस्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित...

अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा...

२ नम्बरीमा दयाहाङसँग भुटानी नायिका

काठमाडौं । भुटानकी नायिका उगेन छोदनले अभिनेता दयाहाङ राईको नेपाली चलचित्र हेर्दै आएकी थिइन् । जब उनी दयाहाङको नायिकाकी रूपमा नयाँ चलचित्र ‘२ नम्बरी’मा...

एमाले–जसपा छलफलः माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ...

घुस लिएको आरोपमा आफनो कर्मचारीलाई पक्राउ गराएको भन्दै वन कार्यालयद्वारा स्थानीय पक्राउ

उदयपुर । वन कार्यालयले आफनो कर्मचारीहरुलाई घुस लिएको आरोपमा पक्राउ गरि पठाएको भन्दै त्यहाँका स्थानीयबासीहरुलाई प्रतिशोध साधन पक्राउ गरेको छ । सप्तकोशी नदिले बगाएर...

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै काँग्रेसद्वारा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको श्रव्य सामग्री छानबिन गर्न माग...

अपराध: ढाकछोप कि छानबिन ?

त्रिवि शिक्षण अस्पताल महारागन्जमा २५ वर्षदेखि कार्यरत रहँदै आएका लेखा अधिकृत राजाराम इटनीको सोही अस्पतालमा भर्ना हुन नपाएको कारण गएको कात्तिक १७ गते मृत्यु...

प्रधान र राणा ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)को लामो समयदेखिको विवाद अन्त्य भएको छ । काठमाडौंबाहिर पहिलोपटक बसेको एनओसीको तेस्रो पूर्ण बैठकले रुक्मशमशेर राणालाई समेत ओलम्पिक...

टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बिमा गरिदिने भएको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएअनुसार पुरुष-महिलामा शीर्ष १६...

बालुवाटार प्रकरणदेखी सेक्युरिटी प्रेश घोटालामा संलग्नलाई कार्वाही माग गर्दै प्रदर्शन

काठमाडौं । बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन मानव अधिकार तथा शान्ति समाजले आइतवार दिउसो माइतिघरमा प्रदर्शन गरेको छ । संसदमा प्रस्तुत बिधेयकहरुमा...

तोकिएको मितिमा निर्वाचन नभए यो सरकार असक्षम : राष्ट्रपतिका राजनीतिक सल्लाहकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)