Tuesday, June 22, 2021
Home बिचार स्थानीय स्वास्थ्य सेवा सुधार गर

स्थानीय स्वास्थ्य सेवा सुधार गर

,

स्थानीय सरकार निर्माण भएपछि पनि कालिकोटका जनताले नियमित स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन् । महिना दिनमा १५ र २८ गते जम्मा दुईदिने विशेष स्वास्थ्य सेवा पाउने दिन घोषणा गरिएपछि ती दुई दिनमा धान्नै नसकिने गरी स्थानीय बिरामीको घुइँचो लाग्ने गर्दछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर नै यी दुई दिन कालिकोट पुगेर विशेष स्वास्थ्य सेवा दिने गरेका छन् । सुन्दा निकै मानवीय लाग्ने यी डाक्टरको सेवाका पछाडि स्थानीय सरकारको कर्तव्य र दायित्व भने निकै अमानवीय तथा अव्यवस्थित देखापरेको छ । यो स्थानीय जनताबाट निकै आलोच्य पनि रहँँदै आएको छ ।

महिनामा जम्मा दुईदिन मात्र विशेष स्वास्थ्य जाँच गराउने मौका पाउनेमा कालिकोटका स्थानीय जनता मात्र छैनन् । देशभरका दूरदराजमा यस्तो हालत कायमै रहेको छ । जनता गाउँगाउँबाट घण्टौं लगाएर पैदल यात्रा गर्दै यस्तो सेवा लिन सदरमुकाम आउने गरेका छन् । विशेष स्वास्थ्य सेवा भनिए पनि एक महिनाका यी दुई दिनमा विशेषज्ञ डाक्टर नै हुँँदैनन् । एक जना डाक्टरले कति बिरामी जाँच गरिसक्नु र के सेवा दिनु ? तैपनि स्थानीय जनताले डाक्टर भने पछि सबै कुरा र सबै विषयमा पारंगत हुन्छन् भन्ने सम्झन्छन् । डाक्टरले पनि जाने र हुनसक्ने जति सेवा दिन तल्लीन रहन्छन् ।


तीन तहको संघीय सरकार निर्माणसँगै प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउनका लागि सरकारले निश्चित मापदण्ड तोकेको छ । हरेक स्थानीय सरकारले १५ शøयाको अस्पताल सञ्चालन गर्ने नीति पनि पारित गरेको छ । तर, कालिकोटलगायतका दूरदराजका स्थानीय सरकारले एउटा राम्रो हेल्थपोस्ट र एउटा योग्य स्वास्थ्य सहायकसम्म पाउन सकिरहेका छैनन् । सरकारले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलगायतका कुरालाई जनताका मौलिक अधिकारका रूपमा परिभाषित गरे पनि यसको यथोचित व्यवस्थापन भने गर्न सकिरहेको छैन । यसका पछाडि सरकारको अनुभव, पहल, इच्छाशक्ति, जनसेवामा चासो कम हुनु र कतिपय अवस्थामा बजेट पनि नहुनुले काम गरेको छ । यसका साथै तात्कालीन र दीर्घकालीन कामको प्राथमिकीकरण गर्न नजान्नुले पनि यसमा थप समस्या सिर्जना गरेको छ । स्थानीय जनताको सेवाका लागि आवश्यक भौतक पूर्वाधार निर्माण हुन नसक्नु एउटा समस्या रहेको छ भने सामान्य पूर्वाधार वा केन्द्र निर्माण गरी जनतालाई सेवा दिन थालिहाल्ने सोच र आवश्यक चिकित्सकको खोजी नगरिनु अर्को समस्या बनिरहेको छ । सेवा भवन वा पूर्वाधारले मात्र होइन, योग्यता र विषय विशेषज्ञताले दिने भन्ने कुरामा पनि बदलाव आउन सकेको छैन । भवन छैन, त्यसैले चिकित्सकको पनि खोजी गरिएको छैन भन्ने गैरजिम्मेवारपनले पनि जनताले सेवा पाउन सकिरहेका छैनन् ।


तर, सबैभन्दा ठूलो समस्या भनेको सरकारले आफैंले गरेको नीतिगत निर्णयको कार्यान्वयन हुन नसक्नु हो । यसका पछाडि वैज्ञानिक तथा वस्तुवादी व्यवस्थापनको सोचको अभाव हुनुले काम गरेको छ ।
कतिपय अवस्थामा त जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत सामान्य उपचार भइरहेकै छ वा चलिरहेकै छ भन्ने तदर्थवादी सोचले काम गरेको छ । अर्कोतिर स्वयं सरकार, राजनीतिक दल, नागरिक समाज, सम्बन्धित निकाय आदि कसैले पनि स्वास्थ्य सेवाका काम भएनन् भनेर औंल्याउने र काम गर्नका लागि सहयोग र प्रोत्साहित गर्ने गरेको देखिँदैन । केन्द्रमा मेडिकल कलेज स्थापनाका लागि रातारात काम गर्ने÷गराउन राजनीतिक दल तथा सरकार स्थानीय जनताको स्वास्थ्यका बारेमा बेखबर रहनु आफैंमा बिडम्बनाको अवस्था हो । जनताको स्वास्थ्यजस्तो संवेदनशील कुरालाई खेलबाड नगरी स्थानीय तहमा स्वास्थ्य सेवा सुधारका लागि यथाशीघ्र कदम चालिनु अत्यावश्यक भइसकेको छ ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

साताका लोकप्रिय समाचार

मेयर सा’ब ११ महिना भो भत्ता खोइ ?

  नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

ट्रेन्डिङ

नेपाली टोली इराकबाट कुवेत प्रस्थान

काठमाडौं । इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली विश्वकप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि कुवेत...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

लहान । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्...

लिभरपुलसँग लेस्टरसिटी स्तब्ध

लन्डन । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–०...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

सप्तरीमा प्रतिनिधिसभा विघटनबिरुद्ध जसपाको बृहत प्रदर्शन

राजविराज । प्रतिनिधिसभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले बुधबार सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध...

सुदूरपश्चिममा बिहानै लगातार २ पटक भूकम्प

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार २ पटक भूकम्प धक्का महसुस गरिएको छ । पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा...

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

डा. केसीको माग सम्बोधन गर्दै कर्णालीको आवाज श्रवण गर सरकार : कांग्रेस

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा गोविन्द के.सी.को जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो...

लकडाउन चाँडै हटाउनु घातक : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन सहितका प्रतिबन्धह चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम...

‘२०७७ मा उल्लेख्य विकास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका...

विषादी सेवनबाट एक जनाको मृत्यु, एकको अवस्था चिन्ताजनक

जलेश्वर । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)