पाठेघर मुखको क्यान्सर


डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भाशयको क्यान्सरले विश्वमा बर्सेनि करिब ५ लाख महिलालाई समाउँछ र पीडितमध्ये झन्डै ८६ प्रतिशत महिला विकासोन्मुख देशमा पाइएका छन् । विकसित देशमा यसले महिलामा हुने क्यान्सरको करिब ६ प्रतिशत ओगटेको छ भने विकासोन्मुखमा झन् ठूलो हुन सक्छ । महिलामा देखिएका क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सरपछि दोस्रो प्रमुख रहेको छ ।


बेलैमा सचेत हु“दा रोग लाग्नबाटै बचिने र रोग लागे पनि सुरुमै उपचार गर्दा निको पार्न सकिने भए तापनि चेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण थुप्रै महिला विभिन्न रोगबाट पीडित हु“दै गम्भीर बनी क्यान्सरबाट पीडित भइरहेका छन् । खासगरी, अशिक्षित समाज, चेतनाको अभाव, सुरुमै जचाउन नजाने प्रवृत्ति, रोग लुकाएर बस्ने, लोकलाजका कारण अरूलाई आफ्नो समस्या नभन्ने प्रवृत्तिले गर्दा गाउ“का महिलामा समस्या अझै डरलाग्दो अवस्थामा रहेको छ । उपचारको निर्णय अधिकांश पुरुष सदस्यमा निर्भर रहनाले निको नहुने अवस्थामा मात्र स्वास्थ्य संस्था आइपुग्छन् ।

क्यान्सर


पाठेघर अर्थात् गर्भाशयको मुखमा असामान्य परिवर्तन हुन गई त्यहा“का कोष– कोषिकामा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गीर्खा वा घाउ बन्दछ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेको यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । जुनसुकै उमेरमा लाग्न सक्ने यो रोग, कम उमेरमा लागेमा बढी खतरा हुन्छ ।

प्रमुख कारणहरू


विशेषगरी, यौन सम्पर्क तथा भाइरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । ब्रिटिस जर्नल अफ क्यान्सरका अनुसार बेलायतमा २० हजार महिलामा गरिएका अध्ययनमा किशोरावस्थामा यौन सम्पर्क राख्ने महिलामा सर्भाइकल क्यान्सरको खतरा २ गुणा बढी हुने पत्ता लगाएका छन् । पहिलो यौन सम्बन्ध २० वर्Èको उमेरभन्दा पहिले हुनेलाई क्यान्सरको जोखिम बढी छ ।


क्यान्सर हुने बढी खतरा भएकामा कलिलै अर्थात् १८ वर्षभन्दा कम उमेरमा विवाह भएका, कलिलै उमेरमा यौन सम्पर्क राख्ने, कम उमेरमा बच्चा जन्माउने, दुवै वा दुईभन्दा बढी पुरुषस“ग यौन सम्पर्क भएका, वेश्यावृत्तिमा लागेका तथा बहुविवाह भएका, छिटोछिटो समयमा र बढी सन्तान जन्माएका, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका, ४० वर्È उमेर काटेका, रोगस“ग लड्ने क्षमता कम भएका, पहिलेको प्यापस्मेयर खराब भएका,कहिल्यै प्यापस्मेयर नगराएका, कम आय भएका, अशिक्षित तथा आफ्नो शारीरिक र गुप्तांगको सरसफाइमा ध्यान नदिने, यौन रोग तथा गुप्तांगका दीर्घरोगको उपचार नगर्ने, एचपीभी अर्थात् हरपिस भाइरसको र अन्य यौन संक्रमण भएका, एचपीभी संक्रमित भई धेरैपटक गर्भवती भए, ५ वर्Èभन्दा लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गरिरहे र धुम्रपान गर्ने भए सम्भावना बढेर आउँछ ।


लक्षण ः सुरुको अवस्थामा यस रोगको कुनै पनि लक्षण हु“दैन, चिकित्सकले परीक्षणको क्रममा मात्र फेला पार्दछन् । यसैले यस रोगको रोकथाममा नियमित परीक्षणको महŒव छ । यो रोग बढ्दै गएपछि गुप्तांगबाट गन्हाउने तथा रगत मिसिएको अस्वभाविक तरल पदार्थ बग्छ । यौन संसर्गपछि वा लगत्तै रगत देखिन सक्छ । महिनावारीको बीचबीचमन महिनावारी नभएको समयमा पनि योनीबाट रगत देखिन सक्छ । महिनाबारी हु“दा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ । रक्तश्रावका कारण रक्तअल्पता हुन्छ । महिनावारी सुकिसकेका महिलामा योनीबाट रगत देखिनु क्यान्सरको लक्षण हुन सक्छ । रोग ज्यादै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, दिशापिसाबमा रगत देखा पर्ने र दिसापिसाबमा अप्ठ्यारो लक्षण हुन सक्छ । क्यान्सर नजिकको भागमा फैलने क्रममा पाठेघरको माथिल्लो भागमा, मुत्र थैलीमा, दिसा गर्ने नलीमा जान सक्छ । त्यस्तै, लसिका नली तथा रक्त नलीबाट फैलिने क्रममा फोक्सो, हड्डी, कलेजो इत्यादिमा फैलिन सक्दछ । क्यान्सर अन्य अंगमा फैलिएको भएमा अन्य विभिन्न लक्षण देखापर्दछन् ।


निदान : पाठेघरको मुखको क्यान्सरको निदान सुरुको अवस्थामा गर्न सकियो भने उपचार पनि प्रभावकारी हुन्छ । रोग फैलिसकेको वा रोगको निदान ढिलो हुने गरेको हालको अवस्थालाई परिवर्तन गर्न यौन जीवनमा आवद्ध महिलाले माथि उल्लेखित लक्षण देखा नपरे पनि स्त्री रोग विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन् अंगको परीक्षण गराउनुपर्छ र प्याप स्मेर गराउनु जरुरी ठहर्छ । रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली वायोप्सी जा“च्न पठाइन्छ र क्यान्सर लागेको टुंगो लाग्छ ।

प्याप स्मेरबाट पाठेघरको पानी जा“च गरेर क्यान्सर भए नभएको पत्ता लगाइन्छ


प्याप स्मेर : प्याप स्मेर पाठेघरको पानी जा“च गरेर क्यान्सर भएको छ कि छैन र १० वर्षमा क्यान्सर हुने सम्भावना छ कि छैन भनी ९० प्रतिशतमा पत्ता लगाउन सकिने एक विशेष किसिमको सरल र छरितो जा“च हो । धेरै समय नलाग्ने प्याप स्मीयर जा“चले स्वास्थ्यकर्मीलाई सर्तक बनाइदिन्छ र केही नराम्रो देखिएमा समयमा नै रोगको उपचार खोजिन्छ, प्राथमिकताका साथ उपचार हुन्छ । तर एक सय जनामा ५ जनाको असाधारण कोषिकाहरू छुट्न सक्छन् ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यौन सम्पर्क सुरु भएको तीन वर्षपछि वा २१ वर्ष लागेका महिला वा विवाह भएका वा यौन जीवनमा आवद्ध भइसकेका तथा सन्तान जन्माएका हरेक महिलाले प्याप स्मेयर जा“च गराउनुपर्छ । त्यसपछि २१—२९ वर्षसम्म कम्तीमा १ वर्षको एकपटक नियमित प्याप स्मेर गराउनुपर्छ । सम्भाव्य कुनै खतरा भए प्रत्येक वर्ष गराउनुपर्छ ।


यसबाहेक चिकित्सकको सल्लाहअनुसार आवश्यक समयमा गराउन सकिन्छ । प्याप स्मेर गर्दा दुई दिनअगाडिदेखि यौन सम्पर्क गरेको हुनुहु“दैन, मलम अथवा डुस प्रयोग गरेको हुनुहु“दैन र महिनावारी भएको बेलामा परीÔण गर्न मिल्दैन ।
उपचार: सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । रोगको प्रथम चरणमा उपचार गर्दा ९८ प्रतिशतसम्म निको हुन्छ भने दोस्रो चरणमा रोग प्रवेश गरिसकेको अवस्थामा ४५ प्रतिशत तेस्रो अवस्थामा २५ प्रतिशत र चौथो चरणमा प्रवेश गरेको अवस्थामा चाही निको हुने सम्भावना ५ प्रतिशतभन्दा पनि कम हुन्छ । रोगको प्रकृति, अरू अंगमा फैलिएको वा नफैलिएको अवस्था आदिमा उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्दछ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा पारिवारिक स्नेहको पनि यस रोगको उपचारमा महŒव रहेको छ ।


रोकथाम : पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपको आविष्कार अहिलेसम्मकै ठूलो उपलब्धि हो । मूलतः यौन गतिविधिबाट लाग्ने गरेको एचपीभी संक्रमणले पाठेघरको क्यान्सर नेपालमा सीमित सुविधाका कारण ‘प्याप स्मेयर’ गर्न समस्या एकातिर छ भने अर्कोतिर नेपालीका लागि अति महंगो छ । अहिले नेपालमा पनि केही स्थानका किशोरीलाई विशेष च्यारीटीमा लगाइँदै छ ।


अन्तमा, नेपालका ९० प्रतिशत क्यान्सरका बिरामीलाई चेतनाको कमीले आफू रोगी भएको थाहा हँुदैन र उपचारका लागि अस्पतालमा आइपुग्दैनन् । थाहा पाउने १० प्रतिशत वा आइपुगेकामा पनि ८० प्रतिशत ढिलो अवस्थामा आइपुग्छन् । कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि, सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,113 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी