म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र लुक शअले एक एक गोल गरे ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी ११ अंकमा सिमित गरेको छ । म्यान्चेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ भने म्यान्चेस्टर युनाईटेडको ५४ अंक छ । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई फुल्हमले १–० ले हराएको छ ।

लिभरपुललाई उसैको मैदानमा पराजित गर्न फुल्हमका मारियो लेमिनाले निर्णायक गोल गरे । पछिल्लो समय निकै खराब लयबाट गुज्रिरहेको लिभरपुलको यो हार आफ्नै मैदान एन्फील्डमा लगातार छैटौं हार हो ।

यसैगरी सोमबार बिहान सम्पन्न खेलमा टोटनहमले क्रिस्टल प्लालेसलाई ४–१ ले पराजित ग-यो । टोटनहमका लागि २५ र ४९ औं मिनेटमा गिराथ बेल र ५२औं र ७६ औं मिनेटमा ह्यारी केनले गोल गरेका थिए । पहिलो हाफमा इन्जुरी समयमा क्रिस्टल प्यालेसका लागि क्रिश्चयन बेनटेकेले गोल गरेका थिए । यता, वेष्ट ब्रोम र न्युकासल युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा