ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा । धनकुटाको नुनथलास्थित कोशी राजमार्गमा हिजो मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाडौं हिडेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो ।

बसमा सवार यात्रुको भनाइअनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ती मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको हो । घुम्तीमा ढोकाबाट चालक बीरेन्द्र श्रेष्ठ हुत्तिएर खसेपछि उनी स्टेरिङ समातेर झुन्डिए । चालक श्रेष्ठ झुन्डिएपछि स्टेरिङ बटारिदा गाडी भित्तामा ठोकिएर पल्टिएको हो ।

दुर्घटनास्थलमा पुगेका सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालका अनुसार ट्राफिक नियम विपरित चालकले सिट बेल्ट नबाँधेका कारण उनी हुत्तिएर खस्दा दुर्घटना भएको हो । ‘चालकले सिट बेल्ट बाधेको भए गाडी गुडिरहेको बेला ढोका खुलेपछि उनी गाडीबाट झर्ने थिएनन् । अनि दुर्घटना पनि टर्ने थियो ।’ ट्राफिक प्रहरी कटुवालले भने ‘धन्न गाडी भित्तामा ठोकिएर रोडमै पल्टिनाले मानवीय क्षति कम भयो । डिलमुनी खसेको भए धेरै ठुलो क्षति हुने थियो ।’

गाडी भित्तामा ठोकिएर दाँयातर्फ पल्टिएको छ । गाडी पल्टिदा चालक श्रेष्ठ सडकको नालीमा परेकाले उनी गाडीले थिच्नबाट बचेका हुन् । दुर्घटनामा सुनसरीको धरान–७ घर भएका ६० बर्षीय चालक श्रेष्ठ र दोलखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँदै आएका ३८ बर्षीय मेघराज खतिवडा घाइते भएका छन् । अर्का एक घाइतेको पहिचान खुल्न बाँकी छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनीहरुको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित