उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट लिगको उपाधिका लागि शनिबार दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ देखि सुरु भएको हो ।

दुवै टोली नेपाल एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले लक्ष्य उपाधि नै रहेको बताएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा फाइनलअघि बोल्दै दुवै कप्तानले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपीएफका कप्तान शरद भेषावाकरले टोली राम्रो लयमा रहेको र उपाधि जित्न सबै खेलाडी उत्साहित पनि रहेको बताएका छन् । शरदले लिग खेलमा पुलिसलाई हराए पनि कमजोर भने नरहेको बताए ।

सबैको राम्रो प्रदर्शनका साथ फाइनलमा आएको हुँदा टोलीको आत्माविश्वास पनि उच्च रहेको बताए । नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले तयारी राम्रो भएको हुँदा उपाधि जित्नेमा आत्माविश्वासी रहेको बताए । एपीएफ राम्रो टोली हुँदा योजनाका साथ खेल्ने बताए । मन्जितले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताए ।

पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ र पुलिस लिगमा शीर्ष दुई स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो । पुलिसले पहिलो खेलमा बाग्मती प्रदेशलाई २ रनले हराएको थियो ।

दोस्रो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा आर्मीलाई ३ विकेट र अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले हराएको थियो । एपीएफले पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिसलाई समान १–१ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनले पराजित हुँदा अन्तिम खेलमा मेयर–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

मेयर कपको विजेताले ५ लाख रुपैयाँ पाउने छ । उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित