अस्मित र आँचल दोस्रो मिस्टर एन्ड मिस रौनियार

काठमाडौं । मिस्टर रोनियार २०२१ को उपाधि अस्मित गुप्ताले र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन् । काठमाडौं विराटनरलगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवतीबीच भएको दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जितेका हुन् ।

एमी इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित सो प्रतियोगितामा आँचलले पब्लिक च्वाइस अवार्ड पनि हाँसिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि पनि जिते । बिराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने ।

काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न सो प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले, सेकेन्ड रनरअपसँगै बेस्ट पर्फमेन्सको उपाधि ज्योति रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडांैबाट खुस्बु रौनियारले, बिराटनगरबाट रुचि रौनियारले हासिल गरे । अन्य उपाधितर्फ मिस फोटो जेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालु कुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार, म्यानेजमेन्ट च्वाइस अवार्ड नन्दिनी कुमारी गुप्ता र बेस्ट पर्सनालिटीको अवार्ड प्रीति रौनियारले प्राप्त गरे ।

यस्तै, मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाइसको अवार्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हासिल गरे । भिवर्स च्वाइस र पब्लिक च्वाइसको अवार्ड श्याम रौनियारले, बेस्ट वाकको अवार्ड अंकित रौनियारले, म्यानेजमेन्ट च्वाइस अवार्ड अजयप्रसाद गुप्ताले हासिल गरे ।

रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्तुतिका लागि आफूहरूले यो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक राजन रौनियारले बताए । काठमाडौंको नाचघरमा शनिबार बेलुका सम्पन्न यो प्रतियोगिताको निर्णायकमा अभिनेता रणधीर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्डयन प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाइनर सरगम श्रेष्ठ थिए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र बिराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित