नेफ्टा अवार्डमा छक्का पन्जा–३ को वर्चस्व

 डब्बु क्षत्री, काठमाडौं । कोरोनापछि सुस्ताको नेपाली चलचित्र क्षेत्र पछिल्लो समय बिस्तारै चलायमान हुँदै छ । यसै क्रममा नेपाली चलचित्र उद्योगलाई चलायमान बनाउन भन्दै शनिबार अबेर साँझसम्म काठमाडौंमा नेफ्टा फिल्म अवार्ड सम्पन्न भएकाे छ ।

काठमाडाैको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा दिउँसो ४ बजेटबाट सुरु गरिएको अवार्ड सकिँदा रातको १०ः३० बजेको थियो । विभिन्न ३३ विधामा अवार्ड बाँढ्दै १०औं संस्करणको नेफ्टा फिल्म अवार्ड सम्पन्न भएको छ ।

समारोहमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशकसहित ६ वटा अवार्ड चलचित्र छक्का पन्जा–३ ले प्राप्त गरेको छ । यो चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिन् । यही चलचित्रबाट दीपकराज गिरीलाई कथा, पटकथाको अवार्ड प्रदानको गरिएकाे थियाे । हास्य अभिनेताको अवार्ड छक्का पञ्जा–३ बाटै केदार घिमिरे, पपुलर फिल्मको अवार्ड पनि छक्का पञ्जा–३ ले नै प्राप्त ग-यो ।

यस्तै चलचित्र प्रसादले पनि ६ वटा विधामा अवार्ड पाएको छ । यो चलचित्रबाट विपिन कार्कीले अभिनेताको अवार्ड यस्तै प्रसादबाट सुशील पौडेल उत्कृष्ट संवादको अवार्ड , प्रसादकै जाऊँ माया सरर गीतबाट केतन क्षत्रीले गायकको अवार्ड हासिल गरे । प्रसादकै जाऊँ माया गीतबाट गणेश शाहले गीतकारको अवार्ड, यही गीतबाट सुवास भुषालले संगीतकारको अवार्ड, उदयराज पौडेलले संगीत संयोजनको अवार्ड प्राप्त गरे । गायिकाको अवार्ड समीक्षा अधिकारी, नाइँ नभन्नू ल–५ को कहाँ आउँछ…गीतलाई प्रदान गरियो ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड मेनुका प्रधानले चलचित्र साँइलीबाट हासिल गरिन । यस्तै पपुलर अभिनेता र अभिनेत्रीको अवार्ड अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कार्यक्रममा प्रदान गरियो । यस्तै नवअभिनेताको अवार्ड चलचित्र इन्टुमिन्टु लन्डनमाबाट धीरज मगरले र नवअभिनेत्रीको अवार्ड चलचित्र ए मेरो हजुर–३ बाट सुहाना थापाले प्राप्त गरे ।

कार्यक्रममा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट सुरक्षा पन्तलाई र सहअभिनेताको अवार्ड चलचित्र डमरुको डन्डिबियोबाट अनुप बराललाई प्रदान गरियो । खल चरित्रको अवार्ड प्रमोद अग्रहरीले चलचित्र कथा काठमाडौंबाट पाए ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड समारोहमा प्राविधिक क्षेत्रमा आजीवन योगदान दिएको भन्दै चलचित्र निर्देशक तथा साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार रुपैयाँसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे । कार्यक्रममा अवार्ड’bout प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले प्रकाश पारे ।

ए मेरो हजुर–३ बाट साहिल खानले उत्कृष्ट ट्रेलरको अवार्ड, तामाङ चलचित्र प्रांगनाले उत्कृउष्ट आदिवासी जनजाति चलचित्रको अवार्ड हासिल ग¥यो । यस्तै, द्वन्द्व निर्देशक चलचित्र रणबीरबाट चन्द्र पन्तले, नृत्य निर्देशकको अवार्ड चलचित्र ए मेरो हजुर–३ बाट कविराज गहतराजले प्राप्त गरे ।

कथा काठमाडौंबाट मित्रदेव गुरुङले सम्पादनको अवार्ड, कथा काठमाडौंबाटै संगीता श्रेष्ठले नवनिर्देशकको अवार्ड प्राप्त गरे । समारोहमा जुरी अवार्ड चलचित्र हरिलाई प्रदान गरियो । हरिबाटै चिन्तनराज भण्डारीले छायांकनको अवार्ड, हरिबाटै अर्जुन कार्कीलाई रंग संयोजनको अवार्ड प्रदान गरियो ।

यस्तै मेकअप र हेयरको अवार्ड चलचित्र रोमियो एन्ड मुनाबाट शमशेर लामाले, यही चलचित्रबाट कला निर्देशनको अवार्ड पासाङ टी शेर्पाले प्राप्त गरे । रोमियो एन्ड मुनालाई नै भीएफएक्सको अवार्ड प्रदान गरियो ।

कस्ट्युम डिजाइनरको अवार्ड युबी थापाले चलचित्र इन्टुमिन्टु लन्डनमाबाट हासिल गरिन् । चलचित्र डमरुको डन्डिबियोबाट एलिस कार्कीले ब्याकग्राउन्ड स्कोरको अवार्ड र मुकेश शाहले ध्वनी मिश्रणको अवार्ड पाए । अवार्डको निर्णायकमा  नायिका गौरी मल्ल, निर्देशक सबिर श्रेष्ठ, छायाकार दीपक बज्राचार्य थिए ।

अवार्ड सम्पन भएकाेमा खुसी व्यक्त गर्दै संघका अध्यक्ष पुष्कर लामाले अागमी दिनमा अवार्डलाइ अझ भब्य बनाउने बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान