प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजना’bout बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयन’bout सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।’ रासस

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान