मुलुकभरका पार्टी कमिटी ब्युताउने नेपाल–खनाल समुहको निर्णय

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । भेलाले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

भेलाले २०७५ साल जेठ २ गते सम्म कायम भएका सम्पूर्ण पार्टी कमिटीहरु, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, पार्टीका केन्द्रीय विभाग, सम्पर्क मञ्च लगायत सम्पूर्ण ०७५ साल जेठ २ गतेका कमिटीहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना संगठन परिचालन गरिने एमाले नेता योगेश भट्टराईले जानकारी दिए । राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुनःगठन अभियान शुरु भएको बताए । ओलीले आफूहरुसँग सल्लाह नगर्ने एकलकाँटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उनको भनाई छ ।

आफूहरु २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटी बैठकमा जाने भएपनि ओलीले अवैधानिक रुपमा थपेर विस्तार गरिएको फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने पनि उनले स्पष्ट पारे ।

ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसङ्घर्ष जारी राख्ने उनको भनाई छ । आफूहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित