ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु, चालक फरार

सांकेतिक तस्वीर

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित सडकखण्डमा बिहीबार राती ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिततर्फ जादै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशातफै जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्लाको दक्षिण झिटकैया वडा न. ८ बस्ने बर्ष ३५ को जलिल मियाँ मन्सुरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ठक्करबाट घाइते भएका ट्याक्टर चालकलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यता प्रहरीले ट्रकलाई नियन्त्रण लिएको छ भने फरार भएका चालकको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’