स्याङ्जामा जन्मिएकी पौडेलले नेपाली चलचित्र क्षेत्रमा २ दशक बिताइसकेकी छिन्। पौडेललाई स्वर्गीय गोपाल भुटानीले चलचित्र क्षेत्रमा लाग्न प्रोत्सहान गरेका थिए। स्वर्गीय भुटानीलाई आफ्ना कर्म पिता मान्ने पौडेलले शोभा श्रेष्ठलाई आफ्नो गुरु मान्छिन्।
८० भन्दा बढी चलचित्रमा असिस्टेन्ट, हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी पौडेल हाल ब्यस्त र सफल हेयर स्टाइलिस्टका रुपमा परिचित छिन्। कला क्षेत्रमा क्रियासिल पौडेल अझै यो क्षेत्रमा निरन्तर लागिरहने बताउछिन्। आगामी दिनमा मेकअप कोर्समा डिप्लोमा गर्ने आफ्नो योजना रहेको बताउछिन्।
२०५६ सालमा स्थापना भएको नेपाल चलचित्र प्राविधिक संघमा पौडेलले २०६७ सालमा सदस्यका रुपमा प्रवेश गरेकी थिइन्। हाल उनले संघमा कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्। गत शनिवार राति सोल्टी होटेलमा आयोजना भएको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’मा थुप्रै चलचित्रकर्मी, प्रायोजक संस्थाका प्रतिनिधि लगायत हजारौंको उपस्थिति माझ भव्य रूपले सम्पन्न भएको छ। यस अवार्ड कार्यक्रममा संयोजकको दायित्व लिएर अगाडि बढ्न प्रेरणा दिने र कार्यक्रम सफल पार्न सहयोग नेफ्टा अध्यक्ष, सम्पूर्ण प्राविधिक , निर्णायक मण्डल र सम्पूर्ण कलाकारहरुलाई पौडेलले हृदयदेखि धन्यवाद व्यक्त गरेकी छिन्।






